खोलामा पुल नहुँदा मनाङबासीलाई सास्ती
प्रकाशित मिति : २०७४, २७ श्रावण शुक्रबार ११:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मनाङ:नेस्याङ गाउँपालिकाको पिसाङ खोलामा पुल नहुँदा सवारीसाधन आवात जावतमा मनाङबासीले सधैँ सास्ती भोग्नु परेको छ । हिउँदको बेलामा खोला घटेर बाटो सहज भए तापनि बर्खामा खोलामा भेल आउने हँुदा सवारीसाधन ओहोर दोहोर गर्न बाधा पुग्नेगरेको छ।
मनाङको बाटो आफँैमा कठिन छ, त्यसमा पनि ठाउँ ठाउँमा भएका खहरे खोलामा पक्की पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नु परेको छ । हिउँदमा बढी चिसो हुने हुँदा हिउँ जमेर खोला सुक्छन् र बाटो सहज हुन्छ । बर्खामा भने हिउँ पग्लिएर खोलामा बाढी आउने हुनाले बेसीशहरबाट मनाङ आउने र मनाङबाट बेसीशहर जाने यात्रु दिनैपिच्छे खोलाको किनारमा अड्किएर बस्नु परेको छ ।
Advertisement
कहिले खोला घट्ला भनी खोलाको किनारमा सवारी चालकहरु अलपत्र परेका हुन्छन् । कहिले ट्र्याक्टरको सहायतामा गाडी निकाल्छन् त कहिले पानी परेर चिसो भई हिउँ जमेर खोला सुक्ने पर्खाइमा रहन्छन् ।
नेपालकै महत्वपूर्ण पर्यटन क्षेत्रमा सहजै आवतजावत गर्न सक्ने बाटो नहँुदा ज्यादै कठिन यात्रा गर्न बाध्य छन् यहाँ आउने पर्यटक । यस्तो सास्ती कहिलेसम्म भोग्ने यहाँका जनता र पर्यटकले, स्थानीयबासीले प्रश्न गरेका छन् ।