दलका प्रतिनिधिले मतपेटिकाको पहरेदारी गर्ने
प्रकाशित मिति : २०७४, १२ मंसिर मंगलवार ०८:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जुम्ला, १२ मंसिर : पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै सदरमुकाम जुम्ला खलंगामा भित्रिएका २७० मतपेटिकालाई दलका प्रतिनिधिहरुले पनि पहरेदारी गर्ने भएका छन् ।
Advertisement
भित्रिएका सबै मतपेटिका उच्च सरकारी वकिल कार्यालय जुम्लाको नवनिर्मित भवनमा बन्द गरी राखिएको छ । जुम्लाका सम्पूर्ण राजनीतिक दल, जिल्ला सुरक्षा समितिको रोहवरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपेटिका कैद गरी सिलबन्दी गरेर राखेको सहायक निर्वाचन अधिकृत इन्द्र खड्काले जानकारी दिनुभयो ।
सोमबार दिउसो ४ः०० बजे भित्रिएका २७० वटै मतपेटिका सुरक्षाका लागि अदालत परिसरमा रहेको सरकारी वकिल कार्यालयमा राखिएको हो । त्यसको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना, भित्री घेरामा सशस्त्र प्रहरी, जनपथ प्रहरी र दलका प्रतिनिधिहरुले पनि २४सै घण्टा सुरक्षा दिने व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत खड्काले बताउनुभयो ।
सिलबन्दी गरिएको ढोकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र राजनीतिक दल दुवैको तालाबन्दी गरिएको छ । मतपेटिका सिल गरेर राखेको उक्त भवन भने सुरक्षाकर्मीको उच्च सुरक्षामा त हुने नै छ, त्यसमा अझ थप आ–आफ्नो उम्मेदवारी उठाएका दलले आफ्ना प्रतिनिधिहरुलाई पनि २४सै घण्टा काममा खटाउने निर्णय गरेका छन् ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको ४५ जिल्लाको दोस्रो चरणको चुनाव यही मंसिर २१ गते बेलुका ५ः०० बजे सम्पन्न भइसकेपछि जुम्लाको मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।