बझाङमा वाम गठवन्धनको ‘क्लिन स्वीप’
प्रकाशित मिति : २०७४, २२ मंसिर शुक्रबार १६:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बझाङ, २२ मंसिर– पहिलो चरणअन्तर्गत गत मंसिर १० गते निर्वाचन भएको ७ नम्बर प्रदेशको हिमाली जिल्ला बझाङमा वाम गठवन्धनले ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधिसिभा सदस्यको एउटा र प्रदेशसभाका २ गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका हुन् ।
Advertisement
प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार एमाले नेता भैरवहादुर सिंह विजयी भएका छन् । एमालेका सिंहले २८ हजार ८८१ मत प्राप्त गर्दा नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहले २३ हजार २२२ मत प्राप्त गरे ।
प्रदेशतर्फ (क) निर्वाचन क्षेत्रमा वाम गठवन्धनकै उम्मेदवार एमाले नेता अर्जुन थापा विजयी भएका छन् । एमालेका थापा १७८६८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चन्द्रा जोशीले १३१९७ मत ल्याइन् ।
यस्तै प्रदेश (ख) निर्वाचन क्षेत्रमा वाम गठवन्धनबाट माओवादी नेतृ देबकी मल्ल थापा विजयी भइन् । माओवादीकी मल्ल १६७४३ मल ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका नरेसबहादुर सिंहले १४२४२ मत ल्याएका छन् ।