गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा प्रदीप ज्ञवाली निर्वाचित
प्रकाशित मिति : २०७४, २४ मंसिर आईतवार ०६:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
गुल्मी,२४ मंसिर । गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमाले सचिव एवं वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत राप्रसाद न्यौपानेले जानकारी दिए ।
Advertisement
ज्ञवालीसँग नेपाली कांग्रेसका चन्द्र भण्डारी ३० हजार २ सय ५६ मत ल्याएर पराजित भए । ज्ञवाली पहिलो र दोस्रो दुबै संविधानसभामा पराजित भएका थिए ।
त्यस्तै सोही क्षेत्रको प्रदेश सभा ‘क’ मा माओवादीका सुदर्शन बराल निर्वाचित भएका छन् । बरालले १७ हजार ९ सय १० मत ल्याएर बिजयी भएका हुन् । बरालसँग कांग्रेसका पृथ फौजदारले १३ हजार २ सय ९९ मत ल्याएर ।
त्यस्तै प्रदेशसभा ‘ख’मा एमालेका कमलराज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १९ हजार ५ सय ९१ मत ल्याएर विजयी भए । श्रेष्ठसँग कांग्रेसका धनेन्द्र कार्की १६ हजार ३ सय ७३ मत ल्याए ।
गुल्मीमा ०५१ साल पछि पुनः वामपन्थीमय बनेको छ । क्षेत्रनम्बर २ बाट शनिबारै गोकर्ण विष्ट निर्वाचित भएका थिए ।