मन्त्रिपरिषद् बैठकमा मुख्यसचिवमाथि खनिए मन्त्री
प्रकाशित मिति : २०७४, १४ पुष शुक्रबार ०७:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, १४ पुस । सरकारका अधिकांश मन्त्रीहरूले मुख्यसचिव लोकदर्शन रेग्मीलाई सरकारको काममा बाधक नबन्न चेतावनी दिएका छन्। झन्डै तीन सातापछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अधिकांश मन्त्रीले मुख्यसचिव रेग्मीले सचिवहरूलाई उक्साएर मन्त्रालयका काम रोक्न प्रमुख भूमिका खेलेको भन्दै त्यसो नगर्न ‘सचेत’ गराएका हुन्। उनीहरूले निर्वाचनपछि ठूलो दल बनेको एमालेको कुरा सुनेर रेग्मीले सरकारको काममा अड्चन गरिरहेको आरोपसमेत लगाए।
Advertisement
मंसिर २५ यता मन्त्रिपरिषद् बैठक बस्न नसक्नुको दोष पनि मन्त्रीहरूले मुख्यसचिव रेग्मीमाथि नै थोपरेका थिए। मुख्यसचिव रेग्मीले भने आफूमाथि लगाइएका आरोप निराधार भएको भन्दै बैठकमा प्रतिवाद गरेका थिए। सरकारको निर्णयविरुद्ध आफू जानै नसक्ने भन्दै उनले मन्त्रीहरूलाई भ्रममा नपर्न आग्रह गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बुधबार बिहान ९ः३० मा सिंहदरबारमा बैठक सुरु हुनासाथ अधिकांश मन्त्रीले मुख्यसचिव रेग्मीमाथि आक्रोश पोखेका थिए।
उनीहरूले सरकारलाई असहयोग गर्ने मुख्यसचिवमाथि कारबाही गर्नसमेत माग गरे। बैठकमा सहभागी महिला बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले मुख्यसचिवबाट असहयोग भएको भन्दै केही मन्त्रीले सामान्य असन्तुष्टि पोखेको बताए। ‘मन्त्रीहरूको केही असन्तुष्टि रहेछ तर मुख्यसचिवज्यूले स्पष्ट पार्नुभएपछि उहाँहरूको गुनासो साम्य भएको छ’, थापाले भने। मुख्यसचिव रेग्मीले आफू सरकारप्रति प्रतिबद्ध रहेको र सरकार रहँदासम्म पूर्ण सहयोग गर्ने बताएको उनले जानकारी दिए।
बैठकमा मन्त्रीहरूले एक घन्टाभन्दा बढी समय मुख्यसचिवको आलोचनामै खर्चिएका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।