राष्ट्रियसभा सदस्यका लागि भोलि मनोनयन, उम्मेदवार छान्न दलहरुलाई सकस
प्रकाशित मिति : २०७४, ९ माघ मंगलवार १४:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, ९ माघ । आगामी २४ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन हुँदैछ । मनोनयनको अघिल्लो दिन दलहरुले उम्मेदवार छान्ने अन्तिम गृहकार्य गरिरहेका छन् ।
Advertisement
आकाक्षीहरु धेरै भएका कारण दलहरुलाई उम्मेदवार छान्न सकस परेको छ । नेकपा एमालेले तीनवटा प्रदेशको उम्मेदवार छानिकसकेको छ । मंगलवार बस्ने एमाले स्थायी समिति बैठकले आज उम्मेदवारको अन्तिम टुंगो लगाउने नेताहरुले बताएका छन् ।
उम्मेदवारको टुंगो लगाउन माओवादी केन्द्रका शीर्ष नेताको बैठक बस्दैछ । केन्द्रीय कार्यालयको बैठकले उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा जस्तै एमाले र माओवादीले राष्ट्रिय सभा चुनावमा पनि तालमेलको तयारी गरेका छन् ।
प्रदेश नम्बर ७ को उम्मेदवारको टुंगो लगाएको नेपाली कांग्रेसले बाँकी ६ प्रदेशको उम्मेदवारको टुंगो मंगलवार लगाउँदैछ । उम्मेदवार छान्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ । आकाक्षी धेरै भएका कारण कांग्रेसलाई उम्मेदवार छान्न कठिन परेको छ ।
मधेस केन्द्रित दलहरुले पनि राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने बिषयमा आज नेपाली कांग्रेस र नेकपा एमालेसँग छलफलको तयारी गरेका छन् ।
निर्वाचन आयोगले भोलि हुने उम्मेदवारी मनोनयनको तयारी पूरा भएको जनाएको छ । माघ १५ मा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने र २४ माघमा मतदान गर्ने कार्यक्रम छ । आयोगले मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ ।