राष्ट्रियसभाका लागि उम्मेदवारी मनोनयन शुरु
प्रकाशित मिति : २०७४, १० माघ बुधबार ११:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं १० माघ । आगामी २४ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन शुरु भएको छ । निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बुधवार बिहान १० बजेदेखि मनोनयन शुरु भएको हो ।
Advertisement
सातवटै प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतका कार्यालयमा बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता शुरु भएको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिए ।
उम्मेदवारले मनोनयनपत्र दर्ता गराउदा १० हजार रुपियाँ धरौटी जम्मा गरेको नगदी रसीद पेश गर्नु पर्नेछ । राष्ट्रियसभा सदस्यको निर्वाचनको मतदान माघ २४ गते बुधबारको बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुँनेछ ।