प्रादेशिक महोत्सबको उद्घाटन गर्न मात्र बाँकी: बसन्त लामिछाने
प्रकाशित मिति : २०७४, १० माघ बुधबार १५:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ १०, नेपालगञ्ज। नेपाल उद्योग वाणिज्य संघको आयोजनामा भोली ११ गतेदेखि सुरु हुने प्रादेशिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।
Advertisement
वसायिक, कृषि, जडिवुटी, अटोमोवाईल्स, रेष्टुरेन्ट र १६ विदेशी स्टलसहित महोत्सवमा ३ सय २१ स्टल रहेका छन। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै २४ वटा सिसी क्यामेराबाट महोत्सब परिसरको निगरानी हुनेछ । वहुउद्देश्यीय सभा–गृह तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ महोत्सव आयोजना गर्न लागिएको हो ।
यसै महोत्सबकै सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ बाँकेका बरिष्ठ सदस्य एबम महोत्सबका प्रेस संयोजक बसन्त लामिछाने सग महोत्सब तयारी बारे बागेशवरीपोष्ट डटकमले गरेको छोटो कुराकानी –
यो प्रादेशिक महोत्सबको तयारी कहा सम्म पुग्यो?
अहिले हामी अन्तिम संघारमा आइसकेका छौ। अब केबल उद्घाटन गर्न बाकि रहेको अवस्था हो। भोली माघ ११ गते महोत्सब उदघाटन हुनेछ। आज सबै कामहरु पूरा भईसकेका छन।हामी सग २२ वटा उपसमितिहरु छन् ति समितिहरुले आफ्नो काम सबै पूरा गरिसकेका छन।
यो महोत्सबको मुख्य उद्देश्य के हो?
यसमा हामीले के राखेको छौ भने जून हाम्रो यो मेला हुने स्थानमा हामीले एउटा बिशेष सभा गृह बनाउने सोच अनुशार यो महोत्सब आयोजना गरेको हौ।अर्को कुरा यो महोत्सब बाट ब्यबसाय ब्यबसाय बिचमा प्रतिष्पर्धा हुन्छ र हाम्रा उपभोक्ताहरुले नदेखेका बस्तुहरु,बाहिरी स्थानमा उत्पादन भएका बस्तुहरु यहा आउने छन र ति बस्तुहरुको बारेमा हाम्रा उपभोक्ताले त्यसको बारेमा बुझनुहुनेछ। अर्को कुरा यस्ता मेला महोत्सबले जनतालाई जागरूक बनाउने र हाम्रो उत्पादन के हो भनेर चैन्ने मौका मिल्ने भएकाले यस्ता महोत्सब लगाउनु जरुरी छ।
तपाई प्रेस संयोजक भएको नाताले कस्तो प्रचार बाजी भएको छ?
अहिले हामीले यो मेलामा ३ देखि ५ लाख सम्म मानिसहरु भित्र्याउने योजना रहेको छ।त्यस अन्तर्गत हामीले ५ नम्बर प्रदेशको झझल्को दिने खालका पोस्टर,पम्पलेट,ब्यानरहरु ,सञ्चार माध्यमबाट लगायत गाडीको प्रयोग गरी प्रचार बजी गरिएको छ।हाम्रो तर्फ बाट प्रचार प्रसारमा कुनै कमी भएको छैन।हामीलाई आशा छ हाम्रो प्रदेश बाट मात्र नभई देशभरी बाट नै मानिसहरु आउनुहुनेछ भन्ने आशा बोकेका छौ।
यो महोसब को सुरक्षा ब्यबस्था कस्तो मिलाउनु भएको छ ?
हामीले २ किसिमको सुरक्षा ब्यबस्था गरेका छौ। एउटा भित्री र र बाहिरी सुरक्षा ब्यबस्था रहेको छ। भित्री सुरक्षामा प्राईभेट सुरक्षा निकायले सबै किसिम बाट मदत गर्नेछ जस्तो की टिकट जाँच देखि भित्री भीड़भाड़ मिलाउने हो। बाहिरी सुरक्षामा नेपाल प्रहरी , शसस्त्र प्रहरी र अनुशंधान बिभागले सुरक्षा हेर्नेछ। अझ शसस्त्र प्रहरीको कार्यालय यही मेला स्थलमै जोडिएको हुनाले थप मदत पुग्नेछ।