भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै
प्रकाशित मिति : २०७४, १८ माघ बिहीबार ०९:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ १८, काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल भ्रमणका लागि आज नेपाल आउँदैछिन् । उनी वायुसेनाको विशेष विमानमार्फत अपराह्न तीन बजे नेपाल आउन लागेकी हुन् ।
Advertisement
काठमाडौं आएलगत्तै उनले राजनीतिक भेटवार्ता गर्ने बताइएको छ । स्रोतका अनुसार, उनले शुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने तयारी गरेकी छन् । स्वराजले आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मधेसकेन्द्रित दलका नेतासँग पनि छलफल गर्ने तयारी छ । तर, भेटवार्ताको समय र स्थान भने तय भइसकेको छैन ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको कार्यक्रम निर्धारण गरिएको छ । शुक्रबार नै उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछिन् । शुक्रबार अपराह्न चार बजे उनी स्वदेश फर्किने छिन् ।
नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार गठन हुने परिस्थिति निर्माण भइरहेका बेला हुन लागेको भारतीय विदेशमन्त्रीको यो भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । कतिपयले स्वराज मोदीको सन्देश बोकेर आउन लागेको विश्लेषण गरेका छन् ।