नेपालगन्जमा शुरू भयो टोल फ्री नम्बर
प्रकाशित मिति : २०७४, १८ माघ बिहीबार १३:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ १८,नेपालगञ्ज। नेपालगंजको गुनासो सम्वोधनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले टोल फ्रि नम्वर फोन सेवा शुरु गरेको छ । पारस्परिक जवाफदेहिता परियोजनासँगको सहकार्यमा उपमहानगरपालिकाले बुधबारदेखि १६६०–८१–५२०५२ नम्वरको पैंसा नलाग्ने कल सेवा शुरु गरेको हो । उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर रणा र उपप्रमुख उमा थापा मगरले एक समारोहबीच संयुक्त रुपमा उदघाटन गर्नु भयो ।
Advertisement
नेपालगञवासीले अब जुनसुकै समयमा कल गरेर आफना समस्या सम्वन्धित निकायमा राख्न पाउने भएका छन् । फोनमार्फत आएका समस्या÷ गुनासालाई टिपोट गरेर सम्वोधन गरिने नगर प्रमुख राणाले जनाउनु भयो । उपप्रमुख थापामगरले जनतालाई सूचना दिन र नगरपालिकाको सूचना पाउन सहज हुने विश्वास व्यक्त गर्नु भयो । टोल फ्रि फोनले नगरवासीको समय, पैंसा र परेशानी दुर गर्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जीकीर गर्नु भयो । उपमहानगरपालिकाले अब मोवाइल एप्सको पनि शुरुवाती गर्दैछ ।