यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा कर्माचार्य निर्वाचित
प्रकाशित मिति : २०७४, २१ माघ आईतवार १७:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ २१,चितवन।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित भएका छन् ।
Advertisement
महासंघको चितवनमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले आगामी तीनवर्षे कार्यकालको लागि कर्माचार्यलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
महासंघको नयाँ कार्यसमिति चयनको लागि भएको निर्वाचनमा प्रतिस्पर्धी डोलनाथ खनाललाई २७९ मत अन्तरले पछि पार्दै कर्माचार्य अध्यक्षमा निर्वाचित भएका हुन ।
कुल खसेको १ हजार ७८४ मतमध्ये कर्माचार्यले ९८७ र खनालले ७०८ मत प्राप्त गरेका थिए ।
अध्यक्षतामा निर्वाचित कर्माचार्य महासंघका निर्वतमान अध्यक्ष तथा प्रमुख सल्लाहकार हुन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वार (१०५६), हरिशरण केसी (९७३), दीपक अधिकारी (८३७) मतका साथ विजयी भएका छन् ।
तीन जना वरिष्ठ उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको थियो । महासंघको उपाध्यक्षमा पुष्पा श्रेष्ठ (९६८), सानुकाजी प्रजापति (७९७), जीतबहादुर भारती (७४०), रामप्रसाद सुवेदी (७३१), ऐनकुमार साई (७२५), कृष्णप्रसाद सुवेदी (६४५) र प्रभुप्रसाद कलवार (६३५) मतका साथ विजयी भएका छन् । सात जना उपाध्यक्षको लागि १४ जनाको उमेदवारी परेको थियो ।
महासंघको मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी भए । उनले प्रतिस्पर्धी गोकर्ण कार्कीलाई चार मत अन्तरले पछि पारेका थिए । श्रेष्ठले १२१ मत प्राप्त गर्दा कार्कीले ११७ मत प्राप्त गरे ।
महासंघको महासचिवमा पुण्यप्रसाद सिटौला निर्वाचित भएका छन् । प्रतिस्पर्धी भरत नेपाललाई ५५९ मत अन्तरले हराउँदै सिटौला दोस्रो पटक महासंघको महासचिवमा निर्वाचित भएका हुन् । सिटौलाले १०४२ र नेपालले ४८३ मत प्राप्त गरेका थिए ।
उपमहासचिवमा वसन्त भण्डारी (८४३), डेकनाथ गौतम (८४०) र रवि रिमाल (७६६) मत प्राप्त गरी विजयी भएका छन् ।
३ जना उपमहासचिव पदको लागि चार जनाको उमेदवारी परेको थियो । सचिवमा नन्दलाल श्रेष्ठ (६९८), शम्भुप्रसाद रिजाल (६२९) र शेखरनाथ सिटौला (६१६) मतका साथ विजयी भएका छन् । तीनजना सचिव पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।
महासंघको कोषाध्यक्षमा किरणकुमार खड्का विजयी भएका छन् । प्रतिस्पर्धी हेमेन्द्र शेरचनलाई १७४ मतान्तरले पछि पार्र्दै खड्का विजयी भएका हुन् । खड्काले ८०५ र शेरचनले ६३१ मत प्राप्त गरेका थिए । सहकोषाध्यक्षमा ७३६ मत प्राप्त गरी डम्बरराज पन्त विजयी भएका छन् ।
महाधिवेशनले प्रदेश नं. १ को संयोजकमा सरोज श्रेष्ठ (२००), प्रदेश नं. २ को संयोजकमा जगरनाथप्रसाद कलवार (१०८), प्रदेश नं. ३ को संयोजकमा धर्मराज रिमाल (३४१), प्रदेश नं. ३ कै सहसंयोजकमा निररत्न नेवा (२४०), प्रदेश नं. ४ को संयोजकमा भानुभक्त बराल (१०८), प्रदेश नं. ५ को संयोजकमा डिलबहादुर ढुंगाना क्षेत्री (११३), प्रदेश नं. ६ को संयोजकमा नवराज सिंह (२८) मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश नं. ७ को संयोजकमा भने टेकराज जोशी निर्विरोध निर्वाचित भए ।
महासंघको अध्यक्षमा निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष कर्माचार्यले महासंघले सरकारसँग माग गर्दै आएको अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्न पहल सुरू गर्ने बताए ।