सवारी दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउँछन
प्रकाशित मिति : २०७४, २३ माघ मंगलवार ०९:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज नेउपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउनुहुन्छ । “दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्,”– उहाँ भन्नुहुन्छ ।
Advertisement
आव ०७०÷७१ मा आठ हजार ४०६, ०७१÷७२ नौ हजार १४५, ०७२÷७३ मा १० हजार १३, ०७३÷७४ मा १० हजार १७८ र र ०७४÷७५ को कात्तिक मसान्तअर्थात चार महिनामा तीन हजार २९ दुर्घटना भएका छन् ।
सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्यांकले देखाउँछ । दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्यांकमा उल्लेख छ । रासस।