जरिवाना छुटको धमाधम फाईदा उठाउदै
प्रकाशित मिति : २०७४, २४ माघ बुधबार १७:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ २४,नेपालगन्ज।नेपाल टेलिकम नेपालगन्ज कार्यालय अन्तरगत सञ्चालनमा रहेका ल्याण्डलाईन टेलिफोन सेवा प्रयोग गरेर महशुल नतिर्ने ग्राहकले जरिवाना छुटको फाईदा उठाउदै धमाधम पुरानो बक्यौता तिर्न थालेका छन् ।
Advertisement
नेपाल टेलिकम नेपालगन्ज कार्यालयका प्रमुख प्रेमप्रसाद शिलवालले पुरानो बक्यौता उठाउनको लागि जरिवानामा छुट दिएको बताए । उनले व्यक्ति भन्दा पनि बढी सरकारी कार्यालयको बढी बक्यौता रहेको जानकारी दिए । उनले टेलिकमले आगामि दिनमा महशुल बक्यौता नरहोस भनेर क्रेडिट लिमिट कायम गर्दै धरौटी रकम बराबर मात्र सेवा सुचारु हुने धरौटी रकम सकिएपछि आफै सेवा अबरुद्ध हुने सिस्टम लागु गर्न लागेको बताए ।
नेपाल टेलिकम नेपालगन्ज कार्यालय अन्तरगत बाँके, बर्दिया, डोल्पा, हुम्ला, र मुगुका गरी विभिन्न ग्राहकको करिव डेढ करोड पुरानो बाँकी बक्यौता रकम उठ्न बाँकी रहेको लेखा अधिकृत लालबहादुर विष्टले जानकारी दिए । उनले जरिवाना छुटको सूचना अनलाइन तथा विभिन्न सञ्चारमाध्याममा जारी गरेपछि करिव ३ लाख जति पुरानो बक्यौता रकम उठेको बताए ।
उनले बाँकी रकम तिर्नको लागि संबन्धित ग्राहकको नाममा पत्राचार तथा सबै नेपाल टेलिकमको मोबाईल ग्राहकलाई समेत एसएमएसबाट समेत सुचना पठाईएको र यति गर्दा पनि बक्यौता तिर्न नआए तीन पुस्ते खुल्ने गरी नाम सार्वजनिक गर्ने र त्यस्ता ग्राहकलाई नेपाल टेलिकमको कुनै पनि सेवा प्रयोग गर्न नदिने गरी कालो सुचीमासम्म राख्न सक्ने जानकारी दिए ।
कार्यालयका सुचना अधिकारी मुक्तिनाथ ज्ञवालीले ल्याण्डलाईन सेवा प्रयोग गरेर लामो समयसम्म पनि टेलिकमको बक्यौता नतिर्ने ग्राहकहरुका लागि नेपाल टेलिकमको १४ औं स्थापना दिवसको अवसर पारेर पुरानो बक्यौता तिरे जरिवाना छुट दिने योजना ल्याएपछि केही ग्राहकले पुरानो बक्यौता महशुल तिर्न आएको जानकारी दिए ।