कांग्रेस र माओवादीले समानुपातिकको सूची आज बुझाउँदै
प्रकाशित मिति : २०७४, २९ माघ सोमबार ०९:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
[ad id=”56367″]
माघ २९, काठमाण्डौ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलहरुले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची आज बुझाउने भएका छन् । एमालेले हिजो नै सूची बुझाएको छ ।
Advertisement
सूची बुझाउने आज अन्तिम दिन हो । निर्वाचन आयोगले सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरेको छ ।
समानुपातिकको सूची बुझाउन बाँकी रहेका दलहरु बिहानैदेखि गृहकार्यमा व्यस्त छन् । नामावलीबारे छलफल गर्न नेपाली कांग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सामानुपातिकतर्फ ४० सिट पाएको कांग्रेसले २० जना महिला पठाउनु पर्नेछ ।
अध्यक्ष प्रचण्ड चितवनबाट फर्किएपछि माओवादी केन्द्रले पनि सूचीको टुंगो लगाउने भएको छ । माओवादीले १७ जनाको नाम पठाउनु पर्ने हुन्छ । संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् ।