कर्णालीमा हप्तादिनमै पुस्तक पु¥याउँदै नीजिक्षेत्र
प्रकाशित मिति : २०७४, २ फाल्गुन बुधबार १५:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २ फागुन । कर्णाली अञ्चलका बिद्यार्थीहरुको हातमा पाठ्य पुस्तक पु¥याउने उदेश्य सहित नीजि क्षेत्रले छापेका पुस्तकहरु बुधवारदेखि त्यसतर्फ पठाउन सुरु गरिएको छ ।
नेपालगन्ज लगायत देश अन्य ठाउ“मा छापिएका कक्षा १ देखि ५ सम्मका पुस्तकहरु कर्णाली जिल्लामा पठाउन सुरु गरेको पाठ्पुस्तक छाप्नका लागि सरकारबाट सुचिकृत मध्ये एक नया“ मुलुक प्रकाशन प्रालिका अध्यक्ष मेघराज ओलीले जानकारी दिएका छन् । उनका अनुसार बुधवार एक कार्यक्रमको आयोजना गरी कर्णालीको डोल्पा, जुम्ला र हुम्लाका पुस्तक व्यवसायीहरुलाई पुस्तक हस्तान्तरण गरिएको छ ।
कर्णाली अञ्चलका तीन जिल्लामा रु ६ करोड २९ लाख मुल्य बराबरको ४३ हजार ३४ सेट पुस्तक पठाईदैछ । पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै नीजि क्षेत्रका मुद्रण व्यवसायीहरुका संयोजक रामलिला पाठकले घाटा खाएर पनि नीजि क्षेत्रले हिमाली जिल्लामा पाठ्यपुस्तक पु¥याइरहेको बताए । ‘कितावको मुल्य अनुसार कसैले पनि हिमाली जिल्लामा पुस्तक पु¥याउन सक्दैन । ढुवानी खर्च अधिक छ । तर हामीले कर्णाली अन्चलका बिद्यार्थीहरुले पुस्तक नपाएर पढ्न बाट बन्चित नहोस् भन्नका लागि घाटा खाएर पुस्तक बिक्री गरिरहेका छौं ।’— पाठकले भने । उनले सरकारी निकायबाट समयमै छाप्न स्वीकृत दिने हो भने फागुण अघि नै कर्णालीमा पुस्तक पठाउन नीजि क्षेत्र सक्षम रहेको बताए । उनले भने,—‘पुसमा स्वीकृत दिएपछि फागुण महिनाभित्र कसरी पुस्तक बिद्यार्थीको हातमा पु¥याउन सकिन्छ रु त्यसकारण हामीले बर्षैभरी काम गर्ने अवसर दिनुपर्छ ।’
[ad id=”56367″]
शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र र नीजि क्षेत्रका बीचमा समन्वय गर्न गठन गरिएको पाठ्यपुस्तक निरिक्षण तथा अनुगमन समितिका सदस्य दिपक भण्डारीले नीजि क्षेत्रलाई हरेक कक्षाको पुस्तकहरु छाप्न अनुमति दिई पुस्तक अभावको समस्या समाधान गर्नुपर्ने बताए । जनक शिक्षा सामाग्री नेपालगन्जका प्रमुख रबिन्द्र शर्माले आफुहरुले पनि कर्णाली अन्चलमा पाठ्यपुस्तक पठाउन सुरु गरिसकेको जानकारी दिदै यसपटक त्यहा“का विद्यार्थीहरुले समयमै पुस्तक पाउने अपेक्षा गरे । उनले नीजि क्षेत्रको सहकार्यबाटै बालबालिकाको हातमा पुस्तक पुग्ने बिश्वास गरे । अभिभावक संघ बा“केका सचिव बसन्त लामिछानेले पुस्तक नपाएर पढ्नबाट बिद्यार्थी बन्चित हुने अवस्थाको अन्त्य गर्नुपर्ने कुरामा जोड दिए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“केका अध्यक्ष बुद्धिप्रसाद अधिकारी, कर्णाली अन्चलका पुस्तक व्यवसायीहरुले ढुवानी खर्चको व्यवस्थापनमा जोड दिए ।
Advertisement