पार्टी एकताको सहमतिपछि मन्त्रिपरिषद् विस्तारको गृहकार्य
प्रकाशित मिति : २०७४, ८ फाल्गुन मंगलवार १४:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
[ad id=”56367″]काठमाडौं ८ फागुन । नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको औपचारिक सहमतिपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्माले मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरु गरेका छन् ।
Advertisement
पार्टी एकताको टुंगो नलागेको भन्दै यसअघि माओवादी सरकारमा सहभागि भएको थिएन । नेकपा एमालेका पोलिटव्युरो सदस्य विष्णु रिमालले यो साताभरीमा मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।
‘अहिलेसम्म माओवादीको तर्फबाट नाम आएको छैन, मन्त्री बन्नेको नाम आएपछि एक दुई दिनमै मन्त्रिपरिषद् विस्तार हुन्छ’ रिमालले लोकान्तरसँग भने । यसअघि प्याकेजमा सहमति गरेपछिमात्र सरकारमा सहभागि गराउने माओवादीले अडान लिएको थियो ।
पार्टी एकताको लिखित सम्झौता भएपनि कानूनी रुपमा अहिलेसम्म माओवादीको वेग्लै अस्थित्व रहेका कारण उसले सिफारिश गरेपछि मात्र प्रधामनन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्नेछन् ।
फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै ओलीले एमालेका तर्फबाट लालाबाबु पण्डिल र थममाया थापालाई शपथ गराइ तीन सदस्सीय मन्त्रिपरिगाद् गठन गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भएका वार्तामा मन्त्रिको भागवण्डामा कुरो मिलिसकेको माओवादी स्रोतको भनाइ छ । माओवादीले गृह सहितका मन्त्रालय लिने सहमति भएको स्रोतको भनाइ छ ।
माओवादीको तर्फबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने टुंगो लागिसकेको छैन् । बर्षमान पुन, शक्तिबहादुर बस्नेत, पम्फा भुसाल, मात्रिका यादव, अमनलाल मोदी लगायतका नेता मन्त्री बन्ने चर्चा छ ।
एमालेमा पनि मन्त्रीका आकाक्षी धेरै देखिएका छन् । महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराईको मन्त्री बन्ने चर्चा छ । रवीन्द्र अधिकारी, शेरबहादुर तामाङ, किशान श्रेष्ठ, कृष्णभक्त पोखरेल, नारदमुनी राना, पद्मा अर्यालको नाम पनि मन्त्रीको चर्चामा छ ।
यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच सोमवार राती पार्टी एकता सम्बन्धी ७ बुँदे सहमति भएको थियो ।