तेह्र वर्षकै उमेरमा बालविवाह, रोके अभिभावकले
प्रकाशित मिति : २०७४, १ चैत्र बिहीबार १२:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जाजरकोट, १ चैत। गाउँगाउँमा जनचेतना बढेसँगै बालविवाह रोक्न अभिभावक नै जुटेका छन् ।
नलगाड नगरपालिका–८ काब्राका १३ वर्षीया चन्द्रिका चदाराको बालविवाह रोकिएको छ । पञ्च भयार मावि, जिकुवामा कक्षा ५ मा पढ्ने छात्रा चन्द्रिका चदारालाई नलगाड–१ चिउरीका १५ वर्षीय प्रेम विकले सोमबार भगाएर लगेका थिए ।
Advertisement
भगाएर गरिएको बालविवाहले फाइदा नगर्ने भन्दै छात्राका बाबु जयलाल चदाराले केड नेपाल र महिला अधिकार मञ्चको सहयोगमा छोरीको पोइली घरबाट फागुन ३० गते नै छोरी फिर्ता ल्याएका छन् ।
बालविवाह गरेर छोरीको पढाइ, स्वास्थ्यसमेतमा हानिनोक्सानी हुने जयलालको दाबी छ । गाउँगाउँमा बालविवाहबाट हानिनोक्सानीका विषयमा अभिभावक सचेत बन्दै गएको पाइएको छ । रासस।