युएस बंगला एयरलाइन्सको काठमाडौं उडान बन्द
प्रकाशित मिति : २०७४, १ चैत्र बिहीबार १५:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ,१चैत्र ।फागुन २८ गते सोमबार विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका-काठमाडौं उडान बन्द गरेको छ ।
Advertisement
विमान अभावका कारण काठमाडौं ढाका उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ ।
७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् ।नेपालस्थित युएस बंगलाका प्रतिनिधिका अनुसार विमान अभाव भएपछि करिब एक महिनाका लागि काठमाडौं ढाका उडान बन्द गरिएको हो ।
उपलब्ध भएको जहाजहरुमध्ये एउटा जहाज पनि परीक्षण (सी चेक) का लागि लानुपरेकाले काठमाडौं ढाका उडान बन्द गर्नुपरेको हो ।
बंगलादेशको सञ्चारमाध्यम डेली स्टारसँग कुराकानी गर्दै युएस बंगलाका महाप्रबन्धक कामरुल इस्लामले विमान अभावका कारण काठमाडौं ढाका बन्द गर्नुपरेको बताएका छन् ।
तर यस बारेमा त्रिभुवन विमानस्थललाई भने अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।
विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुर भन्छन् ‘अहिलेसम्म हामीलाई उडान बन्द गर्ने बारेमा कुनै जानकारी आएको छैन, उडान बन्द गर्दा हामीलाई जानकारी गराउने प्रचलन छ ।’