डुडुवा गाँउपालिकाले वडासदस्यको पारिश्रमिकका लागि पहल गर्न सुरु
प्रकाशित मिति : २०७४, १ चैत्र बिहीबार १९:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१ चैत्र। बाँकेको डुडुवा गाँउपालिकाले वडासदस्यको पारिश्रमिकका लागि पहल गर्न सुरु गरेको जनाएको छ । प्रदेश सरकारले गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पारिश्रमिक दिने निर्णय गरेपछि वडासदस्यहरुले आफुहरुले पनि पारिश्रमिक पाउनुपर्ने भन्दै दवाव मुलक कार्यक्रम सुरु गरेका थिए ।
Advertisement
डुडुवा गाउँपालिका बाँकेले गाउँपालिकाका वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको सेवा सुविधासहितको पारश्रमिकका लागि पहल गरेको जनाएको छ ।
गाउँ कार्यपालिकाको हालै बसेको बैठकले वडा सदस्यहरुको पारिश्रमिकका विषयमा केन्द्र र प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको हो । बैठकमा गाउँपालिकाका विकास निमार्णका योजनालाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।