देशमा थप तीनवटा कारागार सञ्चालन हुने
प्रकाशित मिति : २०७४, २ चैत्र शुक्रबार ०८:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ, २ चैत्र। एक महिनाभित्र नेपालमा तीन कारागार सञ्चालनमा आउने भएका छन् ।कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक, पाल्पा र डोल्पा कारागार सञ्चालनमा आउन लागेको हो ।
Advertisement
विभागका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भूकम्पबाट क्षति पुगेको सिन्धुपाल्चोकको एक हप्ताभित्र र पाल्पा र डोल्पाको नयाँ भवन एक महिनाभित्र सञ्चालनमा आउने जानकारी दिनुभयो । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सिन्धुपाल्चोक कारागार झण्डै तीन वर्षपछि निर्माण सम्पन्न हुन लागेको हो ।
“कैदीबन्दीको संख्या बढेसँगै कारागारको संख्या थप गर्नुपरेको हो,”– उहाँले भन्नुभयो । भूकम्पले केही कारागार भत्किएको र केही कारागार नयाँ निर्माण हुने चरणमा रहेको उहाँको भनाइ थियो ।
नेपालमा हाल ७२ जिल्लामा ७४ कारागार रहेका छन् भने कैदीबन्दीको संख्या १८ हजार ५०० रहेको विभागले जनाएको छ ।