१० वर्ष भित्र कर्णालीलाई समृद्ध प्रदेश निर्माण गर्न संभव-प्रभाकर
प्रकाशित मिति : २०७४, २ चैत्र शुक्रबार १४:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाण्डौ, चैत्र २ । पूर्व गृहमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा प्रभाकरले अवको १० वर्ष भित्र कर्णाली प्रदेशलाई सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न संभव भएको बताउनुभएको छ ।
Advertisement
कर्णाली प्रदेश सरकारको आयोजनामा आज ललितपुरमा भएको कर्णाली प्रदेशको विकास र समृद्धिको आधार विषयक अन्तकृया कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री शर्माले कर्णालीको प्राकृतिक श्रोतलाई सही रुपमा परिचालन गरेमा आगामी १० वर्षमा समृद्ध प्रदेश निर्माणको सम्भावना भएको बताएका हुन् ।
कर्णालीमा पर्यटकीय पूर्वाधारको विकासका लागि मानसरोवर, छायानाथ, रारालगायतका क्षेत्रलाई जोडेर विविधतायुक्त पर्यटकीय सर्किट निर्माण गर्न प्रदेश सरकारलाई उहाँको सुझाव छ । प्रदेश सरकारको नेतृत्वमा कर्मचारी संयन्त्र, स्थानीय सरकार, जनता सवैले दैनिक २० घण्टा काम गर्न तयार हुनुपर्ने शर्माले बताउनुभयो ।