हुम्लामा बर्षभरी पटक पटक प्रजिअ सरुवाले समस्या
प्रकाशित मिति : २०७४, ७ चैत्र बुधबार ०७:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
हुुम्ला, ७ चैैत्र। यहाँ एक वर्षमा पटक पटक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
Advertisement
सरकार परिवर्तन भएपछि फागुन १९ गते तत्कालीन प्रजिअ डा कृष्णबहादुर घिमिरे सरुवा भएपछि फागुन २२ गते प्रजिअ धनप्रसाद शर्मा पौडेल आई २०७४ असोज १ गतेसम्म रहनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पौडेल असोज १ गते सरुवा भएपछि २०७४ असोज २ गते लक्ष्मीप्रसाद बास्कोटा आउनुभएको थियो । विसं २०७४ माघ १५ गतेसम्म रहनुभएका उहाँको सरुवा भई चितवनबाट नेत्रप्रसाद शर्मा माघ १६ गते यहाँ आएपछि उहाँको सरुवा शुक्रबार पर्सामा भएको छ ।
प्रजिअ पटक पटक परिवर्तन भएपछि नागरिकताको प्रमाणपत्रजस्ता जनताका काममा बाधा हुन गएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । रासस।