बाँकेको डुडुवा गाउँपालिकामा ७४ योजना निमार्ण शुरु
प्रकाशित मिति : २०७४, ८ चैत्र बिहीबार १४:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ८ चैत । बाँके जिल्लाको डुडुवा गाउँपालिकाले पुर्वाधार विकास निमार्णको योजना शुरु गरेको छ । गाउँपालिकाले अहिले विभिन्न उपभोक्ता समिति निर्माण गरी विकास निर्माणको योजना धमाधम शुरु गरेको हो । गाउँपालिकाको प्रथम गाउँसभाले पारित गरेको ७४ वटा योजनाको काम शुरु भएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी पप्पुले बताउनुभयो ।
Advertisement
उहाँका अनुसार गाउँपालिकाका ६ वटै वडामा सडक, पिपिसी, नाली निर्माण, माटो पटान, ग्राबेल, कल्भर्ट पुल निर्माण, खानेपानी, सार्वजनिक शौचालय, बाउण्ड्री निर्माण लगायतका योजनाहरु रहेका छन् । गाउँपालिकाको ६ वटै वडामा एक साथ काम शुरु भएको छ भने वडा नम्बर १ होलियामा अहिले जेसिबी लगाएर निमार्णको काम भइरहेको छ । गाउँपालिकाले खारिद गरेको आफ्नै विभिन्न यान्त्रिक मेसिनले निर्माण गर्न थालिएको छ ।
गाउँपालिकाको चालू आर्थिक वर्ष २०७४÷७५ का लागि छुट्टयाइएका अधिकांश योजना कार्यान्वयनको प्रक्रियामा अघि बढेको हो । सानादेखि ठूला सबै योजना निर्माणका लागि उपभोक्ता समिति बनाएर कार्य शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।