नेतृत्व तथा वाक कला तालिम प्रदान
प्रकाशित मिति : २०७४, १० चैत्र शनिबार १८:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, १० चैैत्र। ग्रामिण यूवा महिलालाई नेतृत्व तथा वाककला तालिम दिइएको छ ।
प्लान नेपालको सहयोगमा राईजिङ आइडल्स बाँकेले नेपालगञ्जमा दुई दिने तालिम प्रदान गरेको हो । यूवा महिला सञ्जालमा आवद्ध बैजनाथ गाउँपालिका १, खजुरा ३, ४ र डुडुवा गाउँपालिका ४ र ५ वडाका २७ यूवा महिलालाई प्रशिक्षण दिइएको हो ।
Advertisement
तालिममा नेतृत्व विकास, सञ्चार, सञ्चार प्रक्रिया, आम सञ्चार, वाक कला÷भाषणकला, उदघोषण कला र रेडियो लगायतका विविध आयामबारे सहजीकरण गरिएको थियो । पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष एवं रेडियो बागेश्वरी एफएमका स्टेशन म्यानेजर शुक्रऋषि चौलागाईले नेतृत्वशिप र सार्वजनिक वाक कलाका विषयमा सैद्धान्तिक कक्षासँगै व्यवहारिक अभ्यास गराउनु भएको थियो ।
आईडल्स बाँके अध्यक्ष विनोद शर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा आईडल्सका संस्थापक अधयक्ष आशिष बर्मा, प्रशिक्षक चौलागाईले प्रमाण पत्र प्रदान गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भयो । आइडल्सकी समाजिक परिचालक आशा गुरुङले सञ्चालन गर्नु भएको समापन समारोहमा सहभागि रोशनी थापाले तालिमको अनुभव सुनाउनु भयो ।