डुडुवा गाउँपालिकाद्वारा अग्नी पीडितलाई राहत रकम वितरण
प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार १९:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१४ चैत्र। बाँकेको डुडुवा गाउँपालिकाले वडा नम्बर १ संतालियका अग्नी पीडितलाई राहत स्वरुप नगद रकम वितरण गरेको छ । गाउँपालिकाले ४ जना अग्नी पीडित परिवारलाई नगद २ हजारका दरले वितरण गरेको हो ।
Advertisement
बुधबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष साहिदा बानो, वडाध्यक्ष पटेश्वर कुर्मीले सो रकम पीडितलाई हतान्तरण गरेका थिए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष चौधरीले आग्नी पीडितलाई थप राहतका लागि सम्वन्धित निकायमा पहल गर्ने आश्वासन दिए । आगलागीबाट आगो निभाउने क्रममा घाईते एक जना स्थानीय र पशु जनावरको गाउँपालिकाले निशुल्क रुपमा उपचार गरि रहेको गाउँपालिकाले जनाएको छ ।
तीनदिन अघि एक्कासी भएको आगलागीले स्थानीय मुनी अहमद शेष र निसार अहमद खां सहितको ४ वटा घरगोठ जलेर नष्ट हुँदा ४ वटा जनावरसमेत जलेका थिए ।