रेडियोग्राफरहरुको भेला नेपालगञ्जमा हुँदै
प्रकाशित मिति : २०७४, २२ चैत्र बिहीबार ११:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
राधा आचार्य/अर्पणा योगी/ नेपालगञ्ज,२२ चैत्र । नेपाल रेडियोलोजिकल सोसाइटी प्रदेश नम्बर ५ ले विश्व स्वास्थ्य दिवसको अवसर पारेर रेडियोग्राफरहरुको भेला नेपालगञ्जमा गर्ने भएको छ । प्रदेश नम्बर ५, ६ र ७ का विभिन्न अस्पताल र क्लिनिकहरुमा कार्यरत २ सय बढी रेडियोग्राफरहरुको उपस्थितिमा भेला गरिने बताइएको छ।
Advertisement
सोसाइटी प्रदेश ५ ले आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर दिवसका अवसरमा यही २४ गते सिएमई कार्यक्रम र नव बर्षको भित्ते पात्रो विमोचन गर्ने बताएको छ । भेलामा आफ्नो कामलाई कसरी गुणस्तरयुक्त र प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने कार्यक्रम संयोजक सञ्जिव मिश्रले जानकारी दिनुुभयो ।
यस क्षेत्रका रेडियोग्राफरहरु संगठित हुनुका साथै पेशागत हक, हित र दक्षता अभिबृद्धिका विषयमा पनि छलफल गरिने बताइएको छ । अस्पताल र क्लिनिकहरुमा रेडियोग्राफरहरुको भूमिका अहम् हुने भएकाले दक्ष भएर कसरी प्रभावकारी काम गर्ने भन्ने विषयमा गहन छलफल हुने कार्यक्रम संयोजक मिश्रले बताउनुभयो । नेपालगञ्जको नगर भवनमा कार्यक्रम हुनेछ ।