तीन बर्ष बितिसक्दा पनि निर्माण हुन सकेन “सिंहदरबार”
प्रकाशित मिति : २०७४, ३० चैत्र शुक्रबार १२:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
छविलाल बगाले, काठमाडौं, ३० चैत । चन्द्रशम्शेरले निजी आवासका लागि एक बर्षमा निर्माण गरेको सिंहदरबार गणतन्त्रमा भत्किएको तीन बर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन् । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण सिंहदरबारको पश्चिमी मोहडा भत्किएको हो ।
Advertisement
सरकारले भूकम्पले क्षतिग्रस्त बनाएको तीन बर्ष बित्दा पनि सिंहदरवारको पुनःनिर्माण सुरु गरेको छैन । भत्काउने कि प्रवलीकरण गर्ने भन्ने बहसले पुरातात्विक महत्वको सम्पदा सिंहदरवारको पुनःनिर्माण धकेलिदै गएको हो ।
सिंहदरवार परिसरको मुख्य आकर्षण कलात्मक शैलीको यो दरवारमा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगको कार्यालय छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि प्लास्टिकले छोपिएको भवन भत्काएर नयाँ बनाउने कि प्रवलीकरण गर्ने भन्ने बहस छ । अध्ययनपछि प्रवलीकरण गर्नुपर्ने निश्कर्षमा पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले त्यसका लागि परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको थियो ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसप्रति असन्तुष्टि जनाउँदै थप विवरण मागेपछि प्राधिकरणले परामर्शदाता नियुक्त गर्ने प्रक्रिया तत्कालका लागि रोकिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले घटना र बिचारलाई जानकारी दिए । उनले प्राधिकरणले प्रबलीकरणबारे अध्ययन गर्न परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको बताए । ‘प्रधानमन्त्रीले भवन निर्माणप्रति केही असन्तुष्टि जनाउँदै विवरण मागेपछि परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अहिलेका लागि स्थगित भएको छ ।’ सहसचिव मानन्धरले भने, ‘भवन निर्माणमा कुनै दुविधा छैन् । विभिन्न चरणको प्रक्रिया पूरा गरी आर्थिक प्रस्ताव खोल्ने काम मात्र बाँकी हो ।’ आर्थिक प्रस्ताव खोलेर परामर्शदाता नियुक्ती गर्ने प्रक्रिया स्थगित भएपनि अब कसरी अघि जाने भन्ने विषयमा गम्भिर छलफल भइरहेको सहसचिव मानन्धरले बताए ।
क्षतिग्रस्त भवन भत्काउने कि प्रबलीकरण गर्ने अन्तिम टुंगो नलागे पनि सरकारले ‘स्काफोल्डिङ’मा २ करोड र अन्य अध्ययनका लागि अर्को २ करोड खर्च गरिसकेको छ । पुरातात्विक महत्वको भवनलाई प्रवलिकरण गरेर अहिलेकै स्वरुपमा राख्नुपर्ने आवाज बलशाली बन्दा बाहिरी स्वरुप दुरुस्तै देखिने गरी नयाँ संरचना बनाउनुपर्ने तर्क पनि उठिरहेको छ । उता, पुरातत्व विभाग ऐतिहासिक धरोहरलाई जीवन्त राख्नुपर्ने पक्षमा छ । विभागका प्रवक्ता रामबहादुर कुंवर राणाकालिन कलात्मक दरबार भत्काएर नयाँ बनाउँदा पुरानो कला मासिने भन्दै प्रवलीकरणमा ध्यान दिनुपर्ने सुझाव दिन्छन् । ‘विश्वमा भएका पुराना कलात्मक र ऐतिहासिक धरोहरहरु सवलीकरण गरेर पुरानै अवस्थामा राखिएका उदाहरणहरु थुप्रै छन् ।’ प्रवक्ता कुंवरले भने, ‘भूकम्पले हल्लाएको सिंहदरबार भत्काएर नयाँ बनाउनु भनेको पुरानो स्वरुप हराउनु हो ।’
प्रधानमन्त्री निवास बालुवाटारमा चैत १८ गते बसेको प्राधिकरणको परामर्श परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सिंहरदरबारमा क्षतिग्रस्त भवनमा भइरहेको प्रबलीकरण प्रक्रियामा असन्तुष्टि जनाएका थिए । उनले विश्वविद्यालयमा पढेर आएपछि सिंहदरबार सिक्ने स्थलको रुपमा विकास भएको बताएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले प्रबलीकरणबाट भवन जोगाउन सम्भव नभए भत्काएर नयाँ निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । उनले परामर्शदाताका नाममा मनपरी खर्च नगर्न समेत प्राधिकरणलाई निर्देशन गरेका थिए ।
यस्तै, खाले बहस परिवक्व बनाउन थप अध्ययन गर्नुपर्ने भएकाले पनि सिंहदरवारको पुनःनिर्माण धकेलिँदै गएको प्राधिकरणका सहसचिव मानन्धर बताउँछन् । पच्चीस लाख रुपैयाँमा विक्रम सम्वत् १९०३ निर्माण पूरा हुँदा ब्रिटिस शैलीमा यो सिंहदरबार एसियाकै ठूलो दरवार थियो । पछि चन्द्रशम्सेरले राज्यको ढुकुटीबाट २ करोड रुपैयाँ लिएर आउँदा श्री ३ वा प्रधानमन्त्री यही दरवारमा बस्ने घोषणा गरे । राणा शासन अन्त्य भएपछि २००९ साल फागुन ७ गते नेपाल सरकारको स्वामित्वमा आएको सिंहदरवार त्यसयता मुलुककै प्रमुख प्रशासनिक केन्द्र हो ।