कार्यक्रमको सार्वजनिक परिक्षण
प्रकाशित मिति : २०७५, ५ बैशाख बुधबार १९:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज,५ बैशाख। सामान्यतया कार्यक्रम गरिएपछि के कती, के मा खर्च भयो सार्वजनिक गरिदैन तर अब सामाजिक संघ संस्थाहरुले सार्वजनिक परिक्षण गर्न थालेका छन् । द्धन्द पीडित तथा एकल महिला सञ्जाल बाँकेले वडास्तरमा गरेको एक कार्यक्रमको सम्पूर्ण विवरण औपचारिक रुपमा सार्वजनिक गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा न १० को सहयोगमा फागुन २९ र ३० गते गरेको कार्यक्रमको खर्च विवरण आज सञ्जालले सार्वजनिक गरेको हो । द्धन्द पीडित तथा एकल महिलाका लागि सञ्चालन गरिएको सशक्तीकरण कार्यक्रम सञ्चालनको खर्च विवरण हो । एक लाख ८ हजार बराबरको कार्यक्रमको सम्पूर्ण खर्च विवरण आज वडा अध्यक्ष, वडा सदस्य र सञ्जाल पदाधिकारी सहितको कार्यक्रममा सार्वजनिक गरियो । आफुले सहयोग गरेको संस्थाले सवै विवरण सार्वजनिक गरेकोमा प्रशंसा गर्दै वडा अध्यक्ष विन्दुभुषण बस्नेतले यस्ता कार्यक्रमबाट अरु संस्थाले पनि अनुशरण गर्नुपर्नेमा जोड दिनु भयो । यस्तै सञ्जाल संस्थापक अधयक्ष शोभा विसी तथा वडा सदस्य वसन्ता जोशीले यो प्रयासले विश्वासको बातावरणसँगै थप सहकार्यको बातावरण सिर्जना गर्ने बताउनु भयो ।
Advertisement