चन्दननाथ मन्दिरमा चोरी भएको दत्तात्रयको मुर्ति नभेटिएपछि भारतबाट ल्याइयो अर्को मुर्ति
प्रकाशित मिति : २०७५, १४ बैशाख शुक्रबार १६:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
जुम्ला, वैशाख १४ – कर्णालीको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ मन्दिरको गएको वर्ष चोरी भएको सबैभन्दा ठूलो दत्तात्रयको मुर्ति प्रतिस्थापना गरिएको छ ।
चन्दननाथ मन्दिरमा रहेको चाँदीको १८ केजीको मुर्ति चोरी भएर पत्ता नलागेपछि भारतबाट ल्याई सोही स्वरुपको पितलको मुर्ति प्रतिस्थापन गरिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समिति जुम्लाका सचिव रमानन्द आचार्यले बताउनुभयो ।
२०७३ साल मंसिर ११ गते राति चोरी भएको चाँदीको १८ केजीको दत्तात्रयको मुर्तिसहित २१ मुर्ति चोरी भएकोमा अन्य मुर्तिहरु जुम्लाको देपालगाउँको एक जंगलमा वेवारिसे अवस्थमा पाइए पनि दत्तात्रयसहित ६ वटा मुर्ति अहिलेसम्म पत्ता लागेका छैनन् ।
मुर्ति खाली भएपछि भारतको देहरादुनबाट बाबा भवानी गिरीले आफ्नै लगानीमा २ जना पण्डितसहित पितलको दत्तात्रयको मुर्ति जुम्ला पुर्याएपछि मुर्ति विधिवत रुपमा प्रतिस्थापित गरिएको गुठीसंस्थानले जनाएको छ । मुर्ति जुम्ला पुर्याएपछि वैशाख १२ गतेबाट पुजा सुरु तथा १३ गते बिहान ९ः४५ बजेबाट जौ, घिउ , चामलसहित बालेर आवश्यक पुराण भन्दै २७ घण्टे अखण्ड हवन समेत मन्दिर भित्र चलाइएको छ ।
गएको वर्ष मुर्ति चोरी भएपछि खाली भएको ठाउँमा प्रतिस्थापित गरिएको दत्तात्रयको पुरानै मुर्ति पाइएमा भने फेरि परिवर्तन गर्न मिल्ने संस्कृतिविद तथा गुठी व्यवस्थापन समितिका सचिव आचार्यले बताउनुभयो ।
दत्तात्रयको मुर्ति व्यक्तिगत रुपमा ल्याएर प्रतिस्थापन गर्दासमेत सरकारी तौरबाट कुनै चासो नभएको धार्मिक सरोकारवालाको गुनासो रहेको छ ।
दत्तात्रयको मुख्य मुर्ति पत्ता लगाउन भने नसकिएको भन्दै यहाँको स्थानीयहरु अहिले सम्म आक्रोशित हुदै आएका छन् । बहुमूल्य मुर्तिहरु हराएपछि जुम्ला झण्डै एक महिनासम्म तनावग्रस्त भएको थियो । चन्दननाथको मुर्तिचोरी काण्डमा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९ सिआईबी० ले प्रत्यक्ष जिम्मा लिई फिल्डस्तरमा आएर समेत अनुसन्धान गरेको थियो ।
चाँदीले बनेको र सुनको गजुर भएको मुर्ति पत्ता लगाउन ढिलाई भएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिनुभयो । ऐतिहासिक चन्दननाथ मन्दिरको पूजा भने १५ औँ शताब्दीमा श्री सिद्ध चन्दननाथ बाबाले कालिमार्सी धान रोप्ने क्रममा चन्दननाथको पूजा आरम्भ भएदेखि निरन्तर पूजा भैरहेको थियो ।
चन्दननाथ बाबाले जुम्ला राज्यका संस्थापक कल्यालवंशी राजा बलिराज शाहीको राजतिलक लगाइएको समेत ऐतिहासिक प्रमाणहरुमा रहेको जानकारहरु बताउँछन् ।