मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो "चालक दलका दुवै सदस्यको निधन "
"चालक दलका दुवै सदस्यको निधन "
प्रकाशित मिति : २०७५, २ जेष्ठ बुधबार ११:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, जेठ २ । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको निधन भएको छ ।
Advertisement
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भन्नुभयो, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकि छ ।’
नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार रहेको बताइएको छ। सुर्खेतबाट आज बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । ६ः५५ मा सिमिकोटमा पुग्नुपर्ने विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो ।
यसअघि सो विमान बाजुराको बगरमा फोर्स ल्याण्डिङ भएको सूचना त्रिभुवन विमानस्थलमा आएको थियो ।
सूचना: यस अघि त्रिभुवन बिमानस्थलले दिएको जानकारी अनुसार बाजुरामा भेटिएको खबर गलत हुदा पुनः सच्याईएको छ।