सल्लीबजार बस दुर्घटनाका घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार हुदै "चार जना गम्भीर घाइते:डा.रोमन क़िदवाई "
"चार जना गम्भीर घाइते:डा.रोमन क़िदवाई "
प्रकाशित मिति : २०७५, ६ जेष्ठ आईतवार २२:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
सौरभ गिरी/राम प्रसाद तिमिल्सिना,नेपालगन्ज,६ जेठ।आइतबार दिउशो सल्यानको सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइतेहरुको सल्यान अस्पतालमा उपचार हुन नसकेपछि सबै घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको लागि ल्याइएको छ।
बस दुर्घटनामा ४३ जना घाइते मध्य ३९ जनालाई अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा उपचार भईरहेको छ। उपचारमा संग्लन मेडिकल कलेज नेपालगन्जका सर्जन एब्म उप-निर्देशक डाक्टर रोमन क़िदवाईका अनुसार ४ जना घाइते गम्भीर रहेको र अन्यको उपचारमा भईरहेको बताएका छन। यस्तै उपचारमा संग्लन अर्थो सर्जन डाक्टर सन्दीप गुरुङ्ग र गोपाल सागर डीसीका अनुसार धेरै जसो घाइतेको हात खुट्टामा चोट लागेको हुनाले धेरै समस्या भएको बताए। एक्कासि धेरै घाइते आएपछि अस्पताल प्रशाशनले सम्पूर्ण शक्तिलाई आपतकालीन बिभागमा परिचालन गरेको उप-निर्देशक डाक्टर क़िदवाईले बताए। घाइतेहरुको उपचारमा मेडिकल कलेजका प्लास्टिक सर्जन डाक्टर बिनोद कर्ण, आपतकालीन कक्षका मेडिकल अफिसर डाक्टर रोशन सापकोटा, मेट्रोन ममता शर्मा,सहायक मेट्रोन लीला अर्याल,सिनियर अहेब होम नाथ सुबेदी,सिनियर अहेब राजेस गुप्ता, रेेेेडियोग्राफर मदन भट्ट लगायत थुप्रै डाक्टरहरुले उपचार गरिरहेको डाक्टर क़िदवाईले बताए।
रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना३ख ९८७२ नम्बरको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खस्दा ४३ जना घाइते भएका हूँन। यस्तै एक जना बालक अति गम्भीर हुदा मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको डाक्टर क़िदवाईले बताए।