डुडुवा गाउँपालिकाका १० विद्यालयलाई इ हाजिरी मेसिन प्रदान
प्रकाशित मिति : २०७५, ११ जेष्ठ शुक्रबार १४:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ११ जेठ । बाँकेको डुडुवा गाउँपालिकामा शिक्षाको गुणस्तर सुधार तथा शिक्षक नियमितताका लागि विद्यालयहरुमा इ हाजिरी मेसिन जडान गरिएको छ । गाउँपालिका अन्तर्गत् यस आर्थिक वर्षमा १० वटा विद्यालयलाई विहीबार एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको छ ।
Advertisement
गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष साहिदा बानो, गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्र र प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले सो मेसिन हस्तान्तरण गर्नुभयो । गाउँपालिकामा ३१ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालय गरी ४१ वटा विद्यालय रहेका छन् । यस वर्ष १० वटा विद्यालयमा जडान गरिएको मेसिनको प्रभावकारिताका आधारमा आगामी वर्षमा सबै विद्यालयमा मेसिन जडान गर्ने गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले यो मेसिनले शिक्षक समयमा आउने, विदा, काजमा बस्ने पूरा समय विद्यालयमा बस्नमा मद्दत पुग्ने भएकाले शिक्षाको गुणस्तरियतामा बृद्धि भई सुधार आउने बताउनुभयो ।
आज शुक्रबारदेखि विद्यालयले मेसिन जडान गरी इ हाजिरी सेवा शुरु गरेको शाखा प्रमुख खगेन्द्र मल्लले बताउनुभयो । शिक्षकहरुलाई यसको प्रयोग तथा उपयोगिताका विषयमा तालिम समेत प्रदान गरिसकिएको छ । मेसिन जडानपछि साप्ताहिक रुपमा अनुगमन गरी मासिकरुपमा प्रतिबेदनका आधारमा शिक्षकहरुलाई पारिश्रमिक उपलब्ध गराइने गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।
शहिद स्मारक मावि, मावि बनकटी, नेराप्रावि अमरहवा, जनता आधारभुत विद्यालय पिप्रहवा, सरस्वती मावि भंघोटना, पशुपति मावि नौरीगोरी, ज्ञानदिप मावि डलैपुर, आधारभुत विद्यालय शाहपुर्वा, नेराप्रावि सन्तलिया र अल्जामिया मदरसालाई इ हाजिरी मेसिन उपलब्ध गराइएको छ ।
पछिल्लो समय शिक्षकहरु विद्यालयमा नियमित नआउने, समयमा नआउने, अन्यत्र काममा व्यस्त रहने, पुरा समय अध्यायपन नगराउने, समस्याले शिक्षाको गुणस्तरियतामा प्रभावकारिता नदेखिएको सम्बद्धहरुको भनाई छ ।