सुष्मा स्वराजद्वारा नेपालीमाथिको टिप्पणीमा क्षमायाचना
प्रकाशित मिति : २०७५, १५ जेष्ठ मंगलवार ०८:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, १५ जेठ । आफ्नो विवादास्पद अभिव्यक्तिप्रति भारतीय विदेश मन्त्री सुष्मा स्वराजले माफी मागेकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो अभिव्यक्तिप्रति माफी मागेकी हुन् ।
Advertisement
उनले भनेकी छन्, ‘यो मबाट गल्ती भएको हो, यसका लागि म माफी चाहन्छु ।’
भारतीय विदेश मन्त्री स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा जनकपुरमा भारतीय नागरिकलाई सम्बोधन गरेको बताएकी थिइन् । उनको यो भनाईको आलोचना भएको थियो ।
उनले ट्वीट मार्फत आफूले बोलेको कुरा जसमा विवाद भएको छ, त्यसको भिडियो क्लिपसमेत राख्दै माफी मागेकी हुन् ।
विदेशमन्त्री स्वराजले सोमबार विदेश मन्त्रालयले आयोजना गरेको कार्यक्रममा भेनकी थिइन्, ‘श्री नरेन्द्र मोदी भारतको पहिलो यस्तो प्रधानमन्त्री हुनुहुन्छ जसले अमेरिकाको मेडिसनदेखि नेपालको जनकपुरको मैदानबाट लाखौँलाख भारतीयलाई सम्बोधन गरेर एकताको सुत्रमा बाँध्ने काम गर्नुभएको छ । सीधै उनीहरुसँग जोडिनु भएको छ ।’
नेपाली भूमिमा नेपालीलाई गरेको सम्बोधनलाई स्वराजले भारतीयलाई गरेको सम्बोधन भनेपछि विवाद भएको थियो । उनले यसका लागि माफी मागेकी हुन् ।