फुटबलको महाकुम्भ मानिने विश्वकप आउन ६ दिन बाकीं "ब्राजिल सबैभन्दा बलियो दाबेदार "
"ब्राजिल सबैभन्दा बलियो दाबेदार "
प्रकाशित मिति : २०७५, २५ जेष्ठ शुक्रबार १०:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२५ जेठ। फुटबल प्रतियोगिताकै महाकुम्भ मानिने विश्वकप सुरु हुन अब केवल ६ दिन बाकीं रहेको छ। यस विश्वकपमा ब्राजिललाई सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको छ ।ब्राजिलियन टोलीमा अग्रपंक्तिमा नेयमार, ग्याब्रियल जेसस, फिलिप कौटिन्हो, विलियन र रोबर्टो फिर्मिनो जस्ता ठूला नामहरु रहेका छन् भने डिफेन्समा थियागो सिल्भा र मार्सेलोको अनुभवले ब्राजिललाई थप बलियो बनाएको छ । ब्राजिल विश्वकप समूह ‘ई’ मा सर्बिया, स्विट्जरल्यान्ड र कोस्टा रिकासँग रहेको छ ।
Advertisement
रसियामा हुने विश्वकपमा ३२ राष्ट्र छन् । प्रतियोगिताको प्रत्यक समूहमा चार टोली छन् र शीर्ष २ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् ।यसपटक विश्वकपमा दुई टोली, आइसल्याण्ड र पानामाले पहिलोपटक सहभागिता जनाउँदै छन् । १४ जुनबाट सुरु हुने प्रतियोगितामा कुल ६४ खेल खेलिनेछ । प्रतियोगिताको आधिकारिक बल एडिडासले उत्पादन गर्नेछ । यसपटक एडिडासले सन् १९७० को विश्वकपबाट प्रेरित टेल्स्टार १८ नामक बल प्रयोग गर्नेछ । यसबाहेक विश्वकपको मास्कोटको रुपमा जाबिभाका पनि सार्वजनिक गरिएको छ ।एजेन्सी।