उद्घाटन खेलमा आयोजकसँग एसियाली महारथि साउदीको भिडन्त
प्रकाशित मिति : २०७५, ३१ जेष्ठ बिहीबार २०:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,३१ जेठ । आजदेखि सुरू हुने विश्व फुटबलको महाकुम्भ २१औं विश्वकप फुटबलको पहिलो खेलमा आयोजक रूसले एसियाली राष्ट्र साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार बेलुकी पौने ९ बजे राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा यी दुई टिमबीच उद्घाटन खेल हुनेछ।
Advertisement
समूह ‘ए’ मा रहेका यी दुई टिम करिब ८० हजार दर्शकमाझ पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
पछिल्लो समय खराब लयमा रहेको रसिया फिफा वरियतामा विश्वकप खेल्ने राष्ट्रमध्ये सबैभन्दा अन्तिममा ७० औं स्थानमा छ।
पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको रसिया फुटबलमा खासै राम्रो मुलुक होइन। फिफा वरियतामा पनि विश्वकप खेल्ने राष्ट्रमध्ये सबैभन्दा अन्तिममा ७० औं स्थानमा छ।
रसियाले अहिलेसम्म फुटबलको ठूला प्रतियोगिता पनि जित्न सकेको छैन।
सन् १९५८ मा स्वीडेनमा भएको विश्वकपबाट डेब्यु गर्दै अहिलेसम्म ७ पटक विश्वकप खेलेको रसिया सन् १९६६ मा इंग्ल्याण्डमा सम्पन्न भएको विश्वकपको सेमिफाइनलसम्म पुग्नु उसको सबैभन्दा ठूलो सफलता हो। उसले सेमिफाइनलमा जर्मनीसँग २–१ गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएको थियो । त्यतिबेला उसले सोभियत संघको हैसियतमा भाग लिएको थियो।
तीन पटकसम्म क्वाटरफाइनल पुगेको टिमले त्यसपछि राम्रो खेल खेलेको छैन।
१९९४ को विश्वकपमा समूह चरण पनि पार गर्न नसकेको रसियाले १९९८ को फ्रान्स विश्वकपमा भने छनोट हुन सकेन । सन् २००२ मा भएको विश्वकप खेलेको रसिया पुनः २००६ र २०१० मा छनोट हुन असफल बनेको थियो ।
यता फुटबलमा एसियाली महारथि साउदी अरेबियाले अहिलेसम्म एसियाबाट ४ पटक विश्वकप खेलिसकेको छ।
अमेरिकामा सम्पन्न सन् १९९४ को विश्वकपमा साउदी अरबले पहिलो पटक सहभागिता जनाएको थियो । विश्वकपमा डेब्यु गरेकै बेला साउदी अरब अन्तिम १६ सम्म पुग्न सफल भएको थियो । विश्वकपमा साउदी अरबको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता पनि त्यही हो।
त्यसपछि सन् साउदी अरब लगातार तीन विश्वकपमा छनोट भएको थियो । सन् १९९८, २००२ र २००६ मा भएको विश्वकपमा साउदी अरब छनोट भएको थियो। यद्यपी यी तीन विश्वकपमा भने साउदी अरब समूह चरणबाटै बाहिरिएको थियो।
हेड टु हेड
रसिया र साउदी अरबबीचमा अहिलेसम्म १ खेल मात्रै भएको छ । सन् १९९३ मा भएको एक मैत्रीपूर्ण खेलमा साउदी अरबले रसियालाई पराजित गरेको थियो । त्यसखेलमा उतकृष्ट प्रदर्शन गर्दै साउदी अरबले रसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो।