विश्वकप समूह ‘जी’ को पहिलो खेलमा बेल्जियमद्वारा पनामा ३-० गोलले पराजित
प्रकाशित मिति : २०७५, ४ असार सोमबार २३:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,४ असार।विश्वकप समूह ‘जी’ को पहिलो खेलमा बेल्जियम द्वारा पनामा ३-० गोलले पराजित भएको छ । बेल्जियमको जितमा स्ट्राइकर रोमेलु लुकाकुले २ गोल गरेका छन।
Advertisement
पहिलो हाफ गोल रहित भए पनि दोस्रो हाफमा बेल्जियम ३ गोल गर्न सफल भएको हो । ड्रायस मर्टेन्सले सुन्दर गोल गर्दै बेल्जियमलाई ४७ औं मिनेटमा अग्रता दिलाए ।
त्यस्तै केभिन डे ब्रुयनको पासमा लुकाकुले हेडिङ गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यस्तै एडिन हाजार्डको पासमा ७५ औं मिनेटमा फेरी लुकाकुले गर्दै बेल्जियमको जित सुनिश्चित गरेका हुन् ।आजको जित सगै बेल्जियमले ३ अंक जोडेको छ।