समूह ‘जी’ को दोस्रो खेलमा इंग्ल्यान्डद्वारा ट्युनिसिया २-१ ले पराजित
प्रकाशित मिति : २०७५, ५ असार मंगलवार ११:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,५ असार।विश्वकप समूह ‘जी’ को दोस्रो खेलमा इंग्ल्यान्डले सोमबार राती भएको अन्तिम खेलमा ट्युनिसियालाई २-१ ले हराएको छ । इंग्ल्यान्डका लागि दुवै गोल उसका कप्तान ह्यारी केनले गरे ।
Advertisement
खेलको ११ औं मिनेटमा गोल गर्दै केनले इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर कायल वाल्करको फउलमा ट्युनिसियाले ३५ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई फर्जानी ससिले परिणत गर्दै ट्युनिसियालाई खेलमा फर्काएका थिए ।
तर, इन्जुरी समयको पहिलो मिनेटमा फेरी गोल गर्दै केनले ट्युनिसियालाई निराश गर्दै प्रशिक्षक ग्यारेथ साउथगेटलाई महत्त्वपूर्ण ३ अंक दिलाए ।(एजेन्सी) ।