रसिया दोस्रो जितको खोजीमा, दबाबमा इजिप्ट
प्रकाशित मिति : २०७५, ५ असार मंगलवार १८:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ५ असार । २१औं संस्करणको रसिया विश्वकपमा मंगलबारबाट समूह चरण अन्र्तगतको दोस्रो चरणका खेलहरू सुरु हुँदै छ । समूह ‘ए’ को लिग चरणको दोस्रो खेलमा आयोजक रसियाले इजिप्टको सामना गर्नेछ । खेल मंगलबार राति ११ः४५ बजेपछि सेन्ट पिटर्सवर्ग एरिनामा हुनेछ ।
Advertisement
समूह चरणको पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को फराकिलो जित निकालेको आयोजक रसिया इजिप्टलाई पनि पराजित गर्दै नकआउट चरण पुग्ने लक्ष्यमा हुनेछ । साउदीलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दा म्यानेजर स्टानिस्लाभ चेर्चेसेभले दुई खेलाडीलाई सुपर सब गरेका थिए । उरुग्वेविरुद्धको खेलमा चोटका कारण पहिलो रोजाइमा नपरेका इजिप्टका फरवार्ड मोहम्मद सलाह खेल्ने पक्का भएपछि रसियाका डिफेन्डर उनलाई रोक्ने प्रयासमा हुनेछन् ।
खेल अघिको प्रि–म्यान कन्फ्रेसमा रसियाका प्रशिक्षक चेर्चेसोभले मोहम्मद सलाहलाई रोक्न सक्ने क्षमता टिममा रहेको बताएका छन् । ‘मैले के भनूँ ? मलाई मेरो टिममा विश्वास छ,’ प्रशिक्षक चेर्चेसेभले भने, ‘म मेरो खेलाडी र टिममा पूर्ण रूपमा विश्वस्त छु कि मेरा खलाडीले सलाहलाई सजिलै रोक्न सक्छन् । हामी सलाहलाई रोक्न सक्छांै र हामी यसमा सक्षम हुनेछौं ।’
चोटका कारण उरुग्वेविरुद्धको खेल गुमाएका स्टार खेलाडी मोहम्मद सलाहको पुनरागमनले इजिप्ट बलियो बनेको छ । सलाहको पुनरागमनसँगै टिमको मनोबल उच्च बनेको इजिप्ट रसियालाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ । रसियामाथि जित निकाले इजिप्ट समूहमा तीन अंक जोड्दै दोस्रो चरण प्रवेशको नजिक हुनेछ । यो समूहमा रसिया ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । समान ३ अंक नै भए पनि उरुग्वे गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ । इजिप्टबिना अंक तेस्रो स्थानमा छ ।