स्पेनद्वारा ईरान १-० गोलले पराजित, पोर्चुगल र स्पेनको समान ४ अंक
प्रकाशित मिति : २०७५, ७ असार बिहीबार ०९:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,७ असार/(एजेन्सी) ।स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गराएपछि विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह बी अन्तर्गत बुधवार राती भएको खेलमा इरानलाई १–० को गोल अन्तरले हराउँदै स्पेनले पोर्चुगलसँग अंकमा बराबरी गरेको छ । यसअघि पोर्चुगलले मोरोक्कोलाई १–० ले हराएको थियो ।
Advertisement
प्रतिस्पर्धात्मक खेलमा डिएगो कोस्टाले गोल गरेपछि स्पेनले जारी विश्व कपमा पहिलो जित दर्ता गरेको हो । उनले ५४ औं मिनेटमा गोल गरेका थिए । उनले पोर्चुगलसँग ३–३ मा टुंगिएको खेलमा पनि दुई गोल गरेका छन् ।
इरानले बराबरी गोल गरेपनि त्यसले मान्यता पाएन । फ्रिकिकमा आएको बललाई सहिद इजातोलाहीले हेड गर्दै बललाई गोलमा परिणत गरेपनि रेफ्रीले भिआरको सहायतापछि त्यसलाई गोल दिएनन् । इजातोलाहीले हेड गर्नुअघि अजमोउनले बल ह्यान्ड गरेका थिए भने सहायक रेफ्रीले अफसाइडका लागि झण्डा उठाएको भिआरमा देखिएको थियो ।
मोरोक्को २ वटा खेल हारिसकेको हुनाले प्रतियोगिताबाट बाहिरिएको छ । अब बाँकी तीन टोली पोर्चुगल, स्पेन र ईरान मध्ये दुई टोली समूह बी बाट नकआउट चरणमा पुग्नेछन् । स्पेन र पोर्चुगलको समान ४ अंक र इरानको ३ अंक छ । अब समूहमा स्पेनले मोरोक्को र पोर्चुगलले ईरानको सामना गर्नेछ ।