विश्वकप समूह ‘सी’ को तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले १-१ को बराबरीमा
प्रकाशित मिति : २०७५, ७ असार बिहीबार २२:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,७ असार/(एजेन्सी) । विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले १-१ को बराबरी खेलेका छन् ।
Advertisement
डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य खेलाडी क्रिस्टियन एरिक्सनले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यस्तै युसुफ पलसनको भिएआरमार्फत दिइएको ह्यान्डबलमा अष्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई मिले जेडिनाकले गोलमा परिणत गर्दै अष्ट्रेलियालाई खेलमा फर्काएका हुन् । जेडिनाकले पछिल्लो खेलमा फ्रान्सविरुद्धको २-१ को हारमा पनि पेनाल्टीमार्फत गोल गरेका थिए । अर्को तर्फ डेनमार्क भने १-० ले पेरुविरुद्ध विजयी भएको थियो ।
यससंगै डेनमार्कको २ खेलमा ४ अंक भएको छ भने अष्ट्रेलियाले आफ्नो पहिलो अंक जोडेको छ ।