ब्राजिल समूह ‘ईं’ को दोस्रो खेलमा कोष्टारिका संग खेल्दै
प्रकाशित मिति : २०७५, ८ असार शुक्रबार १५:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,८ असार(एजेन्सी)। पाँच पटकको विश्वविजेता ब्राजिलले रसिया विश्वकपको पहिलो खेलमा आफ्नो स्वभाविक खेल पस्कन नसक्दा स्वीट्जरल्याण्डसँग १–१ बराबरीमा रोकिएको थियो । रसियामा जारी विश्वकपमा उपाधिको दाबेदार मानिएको ब्राजिल समूह ‘ईं’ मा आफ्नो दोस्रो खेलमा कोष्टा रिकामाथि निश्चित जितको लागि प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार सेन्ट पिटर्सबर्गमा साँझ ५ः४५ बजेपछि शुरु हुनेछ ।
Advertisement
पहिलो खेलमा ब्राजिलले अग्रता लिएर स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको थियो । ब्राजिल र कोष्टा रिकाको विगतको इतिहास हेर्दा ब्राजिल नै हावी देखिएको छ । अहिलेसम्म ६ पटक प्रतिस्पर्धा गर्दा सबै ६ खेलमा ब्राजिलले क्लिनसिट राखेको छ । पछिल्लोपटक यी दुई टोलीले सन् २०१५ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेको थियो । जसमा ब्राजिल १–० ले विजयी भएको थियो ।
विश्वकपको पछिल्ला दुवै भेटमा ब्राजिलले कोष्टा रिकालाई पराजित गरेको थियो । १९९० को विश्वकपमा ब्राजिल १–० ले विजयी हुदा २००२ को विश्वकपमा ब्राजिल ५–२ ले विजयी भएको थियो । ब्राजिल त्यही जितलाई निरन्तरता दिने योजनामा रहँदा कोष्टा रिका ब्राजिलसँगको हारको श्रृङ्खलालाई तोड्ने लक्ष्यमा रहनेछ । ब्राजिललाई समूहमा समूह विजेताको रुपमा हेरिएपनि पहिलो बराबरीले ब्राजिललाई नकआउट चरणमा प्रवेश गर्न दबाव सिर्जना भएको छ ।
त्यसैले ब्राजिल कोष्टा रिकाविरुद्ध निश्चित जितको प्रयास गर्ने सम्भावना छ। स्वीट्जरल्याण्डविरुद्धको खेलमा डिफेन्समा मार्सेलो र थियागो सिल्भाले राम्रो खेल्दा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । ब्राजिलले डिफेन्समा सुधार गर्दै पाएको मौकामा गोल गर्न सके ब्राजिलले सहजै कोष्टा रिकालाई पन्छाउने सम्भावना छ। ब्राजिललाई नकआउट चरणमा स्थान बनाउन कोष्टा रिकामाथिको खेलमा निश्चित जित आवश्यक छ ।
यो समूहमा सर्बियाले महत्वपूर्ण ३ अंक जोड्दा ब्राजिल एक अंकसहित दोस्रो स्थानमा छ । बराबरीले ब्राजिलको दोस्रो चरण कठिन बन्नेछ भने, हारले ब्राजिलको विश्वकप यात्रा समूह चरणमै सकिन सक्नेछ । ब्राजिलसँग नेयमारसँगै विश्वस्तरको फिलिपे कौटिन्हो र गाब्रियल जेसस रहेका छन् । मिडफिल्डमा क्यासमिरो, फर्नाडिन्हो र पौलिन्हो रहँदा डिफेन्समा डानिलो, मार्सेलो, थियागो सिल्भा, मिरान्डा र मार्किन्योस रहनेछ ।
टेटे प्रशिक्षक भएर आएपछि ब्राजिलले १६ मध्ये एक खेलमात्रै गुमाउदा ४ खेलमा बराबरीको नतिजा निकालेको थियो । यता, पहिलो खेलमा सर्वियासँग पराजित भएको कोष्टा रिका ब्राजिललाई स्तब्ध पार्ने योजनामा हुनेछ । कोष्टा रिकाले ब्राजिलविरुद्ध रक्षात्मक खेल्दै सकेसम्म तीन अंक बटुल्ने र हार्दै नहार्ने योजनामा खेल्नेछ ।
प्रशिक्षक ओस्कार रामिरेजले पाका र भेट्रान खेलाडीलाई समेट्दै रुस भ्रमणलाई निकै सन्तुलित टोली बनाएका छन्। स्पेनिस क्लब रियल मड्रिडका पहिलो रोजाईका गोलरक्षक केलर नाभास टिममा रहनु पनि टोलीको मनोवल बढेको छ । तर, टिमका मुख्य खेलाडी ब्रायन लुइज र जोइलक्याम्पवेलको चोट कोष्टारिकालाई समस्याको विषय हुन सक्छ । ठुला टिमलाई पराजित गर्न सक्ने क्षमता कोष्टा रिकामा रहेको छ ।