आइसल्याण्डलाई नाइजेरियाले जित्दा अर्जेन्टिनाको सम्भावना बलियो
प्रकाशित मिति : २०७५, ९ असार शनिबार ०४:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया, ९ असार/(एजेन्सी) । नाइजेरियाले आइसल्याण्डमाथि जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा नाइजेरियाले आइसल्याण्डमाथि दुई गोल गर्दै पहिलो जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको हो ।
Advertisement
नाइजेरियाको जितमा अहमद मुसा नायक बने ।
आइसल्याण्डका गेल्फी सिगुडसन पेनाल्टिमा चुक्दा नाइजेरियासँग आइसल्याण्ड निराश बन्न पुग्यो । पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्याण्डले बराबरी खेलेपछि समस्यामा परेको छ ।
यो समूहमा दुई खेल जितेको क्रोएसीया अन्तिम १६ मा पुगिसकेको छ । नाइजेरिया ३ अंकसहित दोस्रो स्थानमा छ र आइसल्याण्ड र अर्जेन्टिना समान एक एक अंकमा छन् ।
नाइजेरियाले आइसल्याण्डलाई पराजित गर्दा अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै रहेको छ ।
अब अर्जेन्टिनाले माथिल्लो चरणमा पुग्नका लागि नाइजेरियालाई पराजित गर्नुपेर्नछ भने क्रोएसियाले आइसल्याण्डलाई पराजित गर्नुपर्नेछ ।