विश्वकपमा आजका खेल : जमर्नीमाथि दबाब, मेक्सिकोमा उत्साह
प्रकाशित मिति : २०७५, ९ असार शनिबार १३:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ९ असार । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणमा दोस्रो लहरका खेलहरु भइरहेका छन् । त्यही क्रम अन्तर्गत शनिबार तीनवटा खेल हुँदैछ ।
Advertisement
शनिबारको पहिलो खेलमा समूह जी मा रहेको बेल्जियमले ट्युनिसियाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे मस्कोमा हुनेछ । पहिलो खेलमा ट्युनिसिया इंग्ल्याण्डसँग २-१ ले पराजित भएको थियो । यस्तै बेल्जियमले पानामालाई ३-० ले हराएको थियो ।
रोस्तोभ एरिना
अर्को खेलमा समूह एफ मा रहेको दक्षिण कोरियाले मेक्सिकोको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे रोस्तोभ अन डोनमा हुनेछ ।
पहिलो खेलमा साबिक विजेता जर्मनीमाथि १-० को जित निकालेर सनसनी मच्चाएको मेक्सिको अन्तिम १६ को यात्रा सहज बनाउने लक्ष्यमा छ । दक्षिण कोरिया भने पहिलो खेलमा स्वीडेनसँग १-० ले पराजित भएको थियो ।
शनिबारको अन्तिम खेलमा राति पौने १२ बजे जर्मनी र स्वीडेनबिच हुनेछ । सोचीमा हुने यो खेल जर्मनीका लागि निकै महत्वपूर्ण छ । अघिल्लो चरणको यात्राका लागि जर्मनीलाई यो खेलमा जितको आवश्यकता छ ।