पोल्यान्ड पहिलो चरणबाटै बाहिरियो, सेनेगल र जापान बराबरीमा "कोलम्बियाको दोश्रो चरण पुग्ने आशा जिबित "
"कोलम्बियाको दोश्रो चरण पुग्ने आशा जिबित "
प्रकाशित मिति : २०७५, ११ असार सोमबार ०८:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रसिया,११ असार(एजेन्सी)।पोल्यान्डलाई ३–० ले हराउँदै कोलम्बियाले विश्व कपको नकआउछ चरणमा पुग्ने सम्भावनालाई जीवित राखेका छ । समूह एचमा पहिलो खेलमा जापानसँग २–१ ले स्तब्ध कोलम्बियाले पोल्यान्डलाई कुनै मौका नदिइ अघिल्लो चरणको यात्राको सम्भावनालाई जीवित राखेको हो ।
Advertisement
कोलम्बियाको जितमा येरी मिना, कप्तान राडामेल फाल्काओ र हुवा कोड्राडोले गोल गरेका थिए । लगातारको दुई हारपछि पोल्यान्ड विश्व कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेललाई सेनेगललाई हराउन सके कोलम्बिया प्रि क्वार्टरफाइनलमा पुग्ने छ । यदि बराबरीमा रोकिएको खण्डमा भने जापान र पोल्यान्डबीचको नजितापछि अघिल्लो चरण पुग्ने दुई टोलीको टुंगो लाग्ने छ ।
४० औं मिनेटमा मिनाको गोलमा कोलम्बियाले खेलमा अग्रता लिएको थियो । पहिलो रोजाइमा परेका हामेस रोड्रिग्वेजको क्रसमा मिनाले नजिकबाट हेड गोल गर्दै अग्रता दिलाएका थिए । फाल्काओले ७० औं मिनेटमा गोल गरे । चोट कारण अघिल्लो विश्व कप गुमाएका फाल्काओको विश्व कपमा त्यो पहिलो गोल हो । ७५ औं मिनेटमा कोड्राडोले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । रोड्रिग्वेजको चलाखीपूर्ण पासमा बलअघि बढाउँदै कोड्राडोले गोल गरेका थिए ।
जापान बिरुद्द सेनेगल
विश्वकप समूह ‘एच’ को तेस्रो खेलमा जापान र सेनेगलले २-२ को बराबरी खेलेका छन् ।
सेनेगलका लागि कप्तान साडियो मानेले गोल गर्दै टोलीलाई ११ औं मिनेटमा अग्रता दिलाए । तर, खेलको ३४ औं मिनेटमा ताकासी इनुइले गोल गर्दै खेल बराबर पारेका थिए ।
१९ वर्षे युवा खेलाडी मुसा वागले सेनेगलका लागि गोल गर्दै फेरी अग्रता दिलाए । उनी विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका हुन् ।
त्यस्तै, परिवर्तित खेलाडीका रुपमा आएका काइसुके होन्डाले ७८ औं मिनेटमा गोल गर्दै जापानको १ अंक सुनिश्चित पारेका हुन् । जापान र सेनेगल दुवैको ४-४ अंक भएको छ।