एकसाथ किन खेलाइन्छ दुई खेल ?
प्रकाशित मिति : २०७५, ११ असार सोमबार २१:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,११ असार । यसअघिका हरेक खेल फरक-फरक समयमा हुँदै आएकोमा अब एकसाथ २-२ खेल हुँदैछ । अझै प्रस्ट पार्नुपर्दा एक समूहका दुवै खेल एकै समयमा हुनेछ ।
Advertisement
किन एकसाथ दुई खेल खेलाइएको भन्ने जिज्ञासा आमपाठकमा हुनसक्छ ।
यसको मुख्य कारण हो, एक खेलको नतिजाले अर्को खेललाई प्रभावित नपारोस् भन्ने सतर्कता ।
उदाहरणका लागि ‘समूह बी’लाई नै लिऔं –
यस समूहमा स्पेन, पोर्चुगल, इरान र मोरक्को छन् । मोरक्कोबाहेक बाँकी टीमको भाग्य र भविष्यको फैसला अन्तिम चरणको खेलबाटै हुनेछ ।
जीत र बराबरीले स्पेन र पोर्चुगल दुवैलाई अघिल्लो चरणमा पुर्याउने छ । हार्दा भने एकले अर्कोको नतिजामा भर पर्नुपर्छ । यी खेल एकसाथ नहुने हो भने पछिल्लोपटक खेल्ने टीमलाई अगाडि जान कुन-कुन अवस्था आफ्ना लागि अनुकूल छ भन्ने प्रस्ट हुन्छ र उसले त्यसबाट लाभ लिनसक्छ ।
समूहका सबै खेल एकसाथ हुने हो भने त्यस्तो लाभ कुनै पनि टीमलाई हुँदैन र सबैले समान स्थितिमा खेल्न पाउँछन् ।
एउटा खेलको नतिजाले अर्कोमा प्रभाव नपारोस् भन्नका लागि विश्वकपमा समूहका अन्तिम खेल एकसाथ खेलाउने गरिएको हो ।