विश्वकप : आज समूह सी र डी का ४ खेल हुँदै
प्रकाशित मिति : २०७५, १२ असार मंगलवार १४:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं १२ असार – रसियामा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार समूह सी र डी का ४ खेल हुँदैछन् । समूह सी’ अन्तर्गत आज पौने ८ बजे डेनमार्क र फ्रान्स तथा अष्ट्रेलिया र पेरु भिड्दैछन् ।
Advertisement
यस्तै समूह ‘डी अन्तर्गत आजै राति हुने अर्को खेलमा नाइजेरिया र अर्जेन्टिना तथा क्रोएशिया आइसल्याण्ड भिड्दैछन् । खेल आजराति ११ः ४५ बजेपछि सुरु हुँदैछ । यस समूहबाट क्रोएशिया यसअघि नै २ खेलमा अपराजित रहँदै नकआउट चरणमा पुगिसकेको छ ।
यस्तै समूहको कठिन अवस्थामा रहेको अर्जेन्टिनाले २ खेलबाट १ अंक मात्र जोडेको छ । नकआउट चरणमा पुग्नका लागि अर्जेन्टिनाले नाइजेरियालाई हराएर मात्र पुग्दैन क्रोएशियाले आइसल्याण्डलाई पनि पराजित गर्नुपर्छ ।
यसअघि नै नकआउट चरणमा पुगिसकेको फ्रान्स डेनमार्कबिरुद्धको खेलमा हाबी हुने देखिएको छ । समूहमा फ्रान्सले ६ अंक बनाएको छ । यसअघि फ्रान्सले अष्ट्रेलिया र पेरुलाई पराजित गरेको थियो ।
डेनमार्कका लागि भने यो खेल कम्तिमा बराबरी गर्नुपर्छ । पराजित भएको अवस्थामा पेरुले अष्ट्रेलियालाई हराएमा डेनमार्क समूह उपविजेताको रुपमा प्रि—क्वाटरफाइनलमा पुग्नेछ । पेरु भने समूहबाट यसअघि नै बाहिरिइसकेको छ ।