फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा रोकिदा समूह ‘सी’मा फ्रान्स विजेता, डेनमार्क उपविजेता
प्रकाशित मिति : २०७५, १२ असार मंगलवार २२:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मस्को, १२ असार (एजेन्सी) । विश्वकप समूह ‘सी’ को अन्तिम खेलमा फ्रान्स र डेनमार्क गोलरहित बराबरीमा रोकिएका छन् । अर्को खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले हराएको छ ।
Advertisement
पेरुका लागि आन्द्रे करिलोले खेलको १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै कप्तान पाउलो गुरेरोले दोस्रो हाफमा गोल गर्दै पेरुलाई विश्वकपको पहिलो जित दिलाए । हारसंगै अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अर्को खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले । यस विश्वकपको यो पहिलो गोलरहित बराबरी पनि थियो । यी नतिजासंगै ३ खेलमा फ्रान्सको ७ अंक रहेको छ भने डेनमार्कको ५ अंक छ । पेरुले ३ अंक आफ्नो खातामा जोड्यो भने अष्ट्रेलियाले १ अंक मात्र जोड्न सफल रह्यो ।
अब फ्रान्सले समूह ‘डी’को उपविजेता र डेनमार्कले समूह ‘सी’को विजेताको सामना गर्ने छन् । समूह ‘डी’ का अन्तिम खेलहरु आज ११.४५ बजे खेलिंदैछन् ।