समुह ‘ई’को अन्तिम खेलमा ब्राजिल र सर्बियाको कडा भिडन्त हुने
प्रकाशित मिति : २०७५, १३ असार बुधबार १०:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१३ असार(एजेन्सी)।विश्व कपको समूह चरण अन्तिम चरण सकिने क्रममा रहँदा यसको रोमाञ्चकका पनि बढ्दै गएको छ । विश्व कपको अघिल्लो चरण पुग्ने र समूह चरणबाट बाहिरिने प्रतिस्पर्धाले रौनकता थपेको छ । अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिना नाइजेरियालाई २–१ ले हराउँदै अघिल्लो चरण पुगेको थियो ।
Advertisement
आज फेरि त्यस्तै दबाबकाबीच ब्राजिलले अर्को प्रदर्शन गर्ला भन्ने जिज्ञासा धेरैमा हुनुपर्दछ । समूह ‘इ’मा सर्बिया र ब्राजिल तथा स्वीट्जरल्यान्ड र कोस्टा रिकाबीच प्रतिस्पर्धा हुनेछ । ती खेल राती ११ः४५ बजे सुरु हुनेछन् । त्यसअघि समूह ‘एफ’मा मेक्सिकाले स्वीडेनसँग र दक्षिण कोरियालले साविक विजेता ब्राजिलको सामना गर्नेछ । ती खेल राती साँझ ७ः४५ बजे हुनेछन् ।
कोस्टा रिका समूह चरणबाट बाहिरिएको छ भने अघिल्लो चरण पुग्ने दुई टोलीका लागि ब्राजिल, स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा छ । शीर्षस्थानको ब्राजिल र स्वीट्जरल्यान्ड को समान ४ अंक छ भने सर्बियाको ३ अंक छ ।
यस्तोमा ब्राजिल र सर्बियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । एफ समूहमा मेक्सिको ६ अंकसहित शीर्षस्थानमा रहँदा जर्मनी र स्वीडेनको समान ३ अंक छ । दक्षिण कोरिया बाहिरिसकेकोले अघिल्लो चरण पुग्न बाँकी ३ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
विश्व कपमा आजका खेल र समय
समूह ‘एफ’
मेक्सिकोविरुद्ध स्वीडेन -साँझ ७ः४५ बजे
दक्षिण कोरियाविरिुद्ध जर्मनी- साँझ ७ः४५ बजे
समूह ‘इ’
सर्बियाविरुद्ध ब्राजिल -राती ११ः४५ बजे
स्वीट्जरल्यान्डविरुद्ध कोस्टा रिका -राती ११ः४५ बजे