डुडुवाका बाढीपीडितका लागि अश्रय स्थल, अग्नीपिडितलाई नगद राहत वितरण
प्रकाशित मिति : २०७५, १३ असार बुधबार १२:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा (बाँके), १३ असार । डुडुवा गाउँपालिकाको वडा नं. १ मा बाढीपीडितका लागि दुई वटा आश्रय स्थलको निर्माण शुरु गरिएको छ । बर्षेनी बाढीबाट पीडित उक्त क्षेत्रका नागरिकहरुका लागि उचित आश्रयका लागि दुई वटा भवन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार होलियाको छिटाईपुर्वा र चौफेरी पाँजामा रु. ५ लाखका दरले दुई वटा भवन निर्माण थालिएको हो ।
Advertisement
राप्ती नदीको बाढी तथा ढुबानले सो क्षेत्रका नागरिकहरु बर्षेनी डुवानमा परी मानवीय क्षति तथा धनमाल नष्ट हुने गरेको अवस्थामा यो भवनले सो घटनाबाट जोगाउने विश्वास लिइएको छ । भवन निर्माणपछि बाढी तथा अन्य कुनै विपत् आएमा सो भवनमा आश्रय लिन सहज हुनेछ । सो भवन बाढीग्रस्त क्षेत्रलाई लक्षित गरी अग्लो स्थानमा बनाउन थलिएको गाउँपालिकाले जनाएको छ ।
अग्नीपीडितलाई नगद राहत वितरण
डुडुवा गाउँपालिका–१ होलिया छिटाइपुर्वाका अग्नीपिडितलाई राहत वितरण गरिएको छ । २०७४ बैशाखमा भएको आगलागीबाट पीडित ३२ घरपरिवारलाई नगद राहत वितरण गरिएको हो । डुडुवा गाउँपालिका विपत् व्यवस्थापन कोषबाट अग्नीपिडित ३२ परिवारलाई नगद रु.दुई हजारका दरले वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, वडाध्यक्ष पटेश्वर कुर्मी, वडा सदस्य सुष्मा यादवले सो रकम प्रदान गर्नुभयो ।
आगलागी भएको एक वर्ष वितसिक्दा पनि कुनै निकायबाट सहयोग नभएपछि गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार उक्त रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ । २०७४ साल बैशाख १५ गते भएको आगलागीबाट छिटाइपुर्वा गाउँका ३२ घर जलेर नष्ट भएको थियो ।