ढोरपाटनमा १९ नाउर र १० झारलको शिकार
प्रकाशित मिति : २०७५, १३ असार बुधबार १४:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
बागलुङ,१३ असार – ढोरपाटन शिकार आरक्षमा चालू आवभित्र १९ नाउर र १० झारलको शिकार भएको छ ।लाखौँ खर्चेर विदेशी शिकारी आरक्षका विभिन्न शिकार ुब्लकु मा पुगी शिकार खेलेका थिए।
शिकारबाट ४६ लाख १६ हजार राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ। पहिलो शिकार याम असोज–मंसिरमा नौ नाउर र चार झारलको शिकार भएको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।
उनका अनुसार दोस्रो शिकार याम फागुन(वैशाखमा १० नाउर र ६ झारलको शिकार गरिएको थियो । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी ६ ुब्लकु मा शिकार खेलाउने गरिएको छ। शिकार कम्पनी नेपाल वाइल्ड लाइफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज र ट्र्याक एण्ड ट्रेल्स प्रालिमार्फत शिकारी ढोरपाटन पुगेका थिए। शिकारीले रोजेको ुब्लकु मा लगेर कम्पनीले शिकार खेलाउने गरेका छन् ।
बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत बरालले बताए। खर्चिला र साहसी शिकारीले विकटमा रहेका ब्लकु मा शिकार खेल्न रुचाउने गरेको उनको भनाइ छ। विदेशी शिकारीसहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ।शिकार खेल्न अमेरिका, रुस, स्पेन, साउथ अमेरिका, नर्वेजस्ता देशबाट पेशेवर शिकारी वर्षेनी ढोरपाटन आउने गर्छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्ने गरेको छ। यो वर्ष २० नाउर र ११ झारलको कोटा भए पनि १० नाउर र १९ झारलको मात्र शिकार भएको हो।
शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व पनि घट्ने गरेको छ । प्रतिष्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले शिकार गराउने अनुमति पाउने गरेको छ। यो वर्ष प्रतिष्पर्धा कम हुँदा शिकारको राजश्व दर पनि घटेको आरक्ष कार्यालयले जनाएको छ।
नाउर शिकारको अधिकतम दर एक लाख १५ हजार र झारलको दुई लाख २१ हजार कायम भएको थियो। शिकार कम्पनीले केही वर्षअघि एउटा झारल शिकारको १३ लाख पाँच हजारसम्म बुझाएका थिए।
शिकारको दर बढ्दा वार्षिक करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ। वर्षेनी असोज(मङ्सिर र फागुन(वैशाख गरी दुई याममा शिकार खुल्ला गर्ने गरिन्छ। साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ।रासस